चेन्नाइलाई चौथो पटक आइपिएलको उपाधि

पोखरा स्पोर्टस । इण्डियन प्रिमियर लिग (आईपीएल)–२०२१ को उपाधि चेन्नाई सुपर किङ्सले जितेको छ ।

महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाइले चौथो पटक उपाधि जितेको हो । शुक्रबार राती भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चेन्नाईले उपाधि जितेको छ ।

चेन्नाईले इनिङको शुरुवात गर्दै फाफ डु प्लेसिस्को ८६ रनको पारीमा कोलकातासामु ३ विकेटको क्षतीमा १९३ रनको लक्ष्य पस्केको थियो । तर कोेलकत्ता नाइट राइडर्सले २० ओभर खेल्दै १६५ रन मात्र बनाउन सक्यो ।

कोलकत्ताका लागि सुभमन गिलले ५१ र वेकांटेश ऐरले ५० रनको पारी खेले । चेन्नाईका लागि शार्दुल ठाकुरले ३८ रन दिंदै ३ विकेट हात पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close