गण्डकी प्रदेश टेनिसको तेस्रो साधारण सभा, लायन्स पोखरा हिमालयनद्वारा खेल पोशाक वितरण

पोखरा स्पोर्ट्स / गण्डकी प्रदेश टेनिस संघको तेस्रो वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सो साधारण सभालाई सम्वोधन गर्दै लायन्स क्लब अफ पोखरा हिमालयनका अध्यक्ष इन्जिनियर पूर्ण बहादुर गुरूङले गण्डकी टेनिसले खेलकुदमार्फत समाजका विपन्न वर्गका बालबालिकालाई समाजमा आत्मनिर्भर बनाउनका लागि महत्वपूर्ण भूमिका खेलेको बताउँदै आफ्नो क्लब समेत यो महत्वपूर्ण कार्यमा जोडिन पाउँदा गर्वको अनुभुती रहेको जनाए ।

सो अवसरमा जुनियर टेनिस प्रशिक्षणमा रहेको खेलाडीहरुलाई लायन्स क्लब अफ पोखरा हिमालयनले २५ थान खेल पोशाक समेत वितरण गरेको थियो ।

सो अवसरमा आफ्ना भनाई राख्दै नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुलले गण्डकी टेनिसले नेपाली टेनिस खेलको विकासका लागि महत्वपूर्ण कार्यक्रमहरु अघि सारेको भन्दै प्रशंसा गरे । उनले नेपालको टेनिस खेललाई अझै विस्तार गर्न सम्भव भएका जिल्लाहरुमा कम्तिमा एक–एक वटा कोर्टहरु निर्माण गर्नेतर्फ संघले योजना बनाएको जनाउँदै गण्डकी टेनिसले सुरुवात गरेको जुनियर टेनिसका लागि आफ्नोतर्फबाट एक जनालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यसै गरी पोखरा महानगर वडा नं १५ का अध्यक्ष तोरण बहादुर बानियाँले गण्डकी टेनिसले टेनिस विकासको अभियानमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै आफ्नो तर्फबाट जुनियर टेनिस प्रशिक्षण कार्यक्रमका लागि नगद २५ हजार दिने घोषणा समेत गरे ।

लायन्स क्लबका सेकेण्ड भाइस डिस्ट्रिक्ट गर्भनर तेजनारायण पराजुलीले गण्डकी टेनिसले खेलकुदमार्फत सुरू गरेको समाजिक कार्यको प्रशंसा गर्दै आफ्नो तर्फबाट सहयोग रहने घोषणा समेत गरे ।

गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष कायस्थले जुनियर टेनिस प्रशिक्षण कार्यक्रमलाई अभियानको रुपमा अघि बढाउने योजना रहेको जनाउँदै उनीहरुलाई नेपाली टेनिसमा आवश्यक जनशक्तिको रुपमा समेत विकास गराउने बताए ।

दोस्रो वार्षिक साधारण सभामा संघका उपाध्यक्ष लोक बहादुर गुरूङ, कास्की टेनिसका अध्यक्ष राज कुमार गुरूङले समेत आ–आफ्ना भनाई राखेका थिए । सो अवसरमा महासचिब नविन चालिसेले संघको प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष प्रीती बरालले आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close