
पोखरा स्पोर्ट्स । गण्डकी प्रदेश खेलकुद परिषदको प्रवर्द्धन तथा जिल्ला खेलकुद समिति, कास्कीको आयोजनामा बैशाख ८ र ९ गते पोखरा रंगशालामा हुने गण्डकी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता २०८३ का लागि कास्की जिल्लाबाट १८ खेलाडी छनोट गरिएको छ ।
प्रतियोगिताको टाई–सिट अनुसार पहिलो दिनको पहिलो खेल कास्की र म्याग्दीका बीच हुनेछ भने दोस्रो खेल नवलपुर र बाग्लुङका बीच हुनेछ । भोली मंगलबारनै स्याङजा र समुह ए को विजेताका बीच हुने छ ।
फाइनल खेल बैशाख ९ गते बिहान ८ बजे हुने तय गरिएको छ । प्रतियोगितामा कास्की, म्याग्दी, स्याङ्जा, बागलुङ र नवलपुर जिल्लाका टोली सहभागी हुनेछन् ।
कास्की जिल्लाबाट छनोट भएका खेलाडीहरूमा तेजिना घर्ती, विमला ठकुरी, आस्था भुजेल, जुना थापा, कविता लामा, विन्दु पौडेल, कन्चन लिम्बु, रिया श्रेष्ठ, संगिता तामाङ, सविना परियार, दृष्टि तामाङ, दिप्ती भुजेल, जसमिन परियार, गिता श्रेष्ठ, विपना परियार, अनिता थापा, प्रिया लामा र सानु ढुङ्गाना रहेका छन् ।
यस्तै, अतिरिक्त खेलाडीको रूपमा विपिका सुनार, सन्ध्या परियार र निशा थापा मगरलाई राखिएको छ ।
आयोजकका अनुसार प्रतियोगिताले प्रदेशस्तरमा महिला फुटबलको विकास, प्रतिभा पहिचान तथा खेलाडीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।