कृत्तीसरा र मिलन चेस ओलम्पियाडमा छनोट भए

पोखरा स्पोर्टस । डाइनामिक चेस एकेडेमीकी कृत्तीसरा अधिकारी भारतमा आयोजना हुने ४४ औ चेस ओलम्पियाडमा छनोट भएकी छिन् ।

भारतमा आयोजना हुने प्रतियेगिताका लागि काठमाडौमा जारी छनोट खेलमा कृत्तीसराले ६ चरणको समाप्तीमा ५ अंक जोडेकी हुन् । महिला तर्फ अन्य तीन खेलाडीको टुंगो शनीबार हुने अन्तिम चरणको खेलबाट हुने छ । नेपालकी राष्ट्रिय च्याम्पियन तथा शिर्ष बरियताकी सुजना लोहनी यस अघि नै छनोट भइसकेकी छन् ।

कृत्तीसराले शुक्रबार बिनिता कपाली र पुनम प्रसाइलाई पराजित गरिन् । छनोट चरणमा बाँकी तिन स्थानमा अनीसा न्यौपाने, बिनिता कपाली, शान्ती धिमाल, सिन्दीरा जोशी र खुस्बु थापा तीब्र प्रतिस्पर्धा छ । अनीसाको ४.५ अंक छ भने भने बिनिताको ४ अंक छ । शान्ती, सिन्दीरा र खुस्बुको ३.५ अंक छ । पुजा भण्डारीको ३ अंक छ ।

एक दिन अगाडीसम्म अग्रता लीएको अनिसाले शुक्रबार शान्तीसँग हारको सामना गरिन् भने सिन्दिरासँग बराबरी गरिन् । बिनिताले छैटौ चरणमा शान्तीलाई हराउदै सम्भावनालाई बलियो बनाएकी हुन् ।

पुरुष तर्फ मिलन लामा छनोट भएका छन् । मिलनले पनि ६ चरणको समाप्तीमा ५ अंक बटुलेका छन् । पुरुष तर्फ अब दुई जनाको टुंगो शनीबार हुने अन्तिम चरणको खेलले टुंगो लगाउने छ । बर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाइ र शिर्ष वरियताका खेलाडी विवेक थीङ यस अघि नै छनोट भइसकेका छन् । रुपेस जयसवालको ३.५ अंक छ । मिलनले शुक्रबार पाँचो चरणम सुरबीर लामासँग बराबरी गरे भने सातौ चरणमा रुपेसलाई हराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close