‘मदन भण्डारी प्रथम खुल्ला फुटसल रनिङ्गसिल्ड’ प्रतियोगिता सुरु

पोखरा स्पोर्टस । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आईतबारदेखि मदन भण्डारी खुल्ला फुटसल रनिङ्ग सिल्ड प्रतियोगिता सुरु भएको छ ।

काठमाण्डौको सामाखुसीमा आयोजित एक समारोहविच काठमाडौ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले प्रतियोगिताको उद्घाटन गरेकी हुन् । सो अवसरमा बोल्दै उपप्रमुख डंगोलले खेलकुद क्षेत्रको विकासले सबै क्षेत्रमा फाईदा पुग्ने बताइन् । खेलकुदका माध्ययमबाट राष्ट्रलाई चिनाउन सकिने चर्चा गर्दै उनले खेलाडी उत्पादन र स्तरबृद्धिमा स्पोर्टस् एकडेमीले उल्लेखनिय योगदान गरिरहेको उल्लेख गरिन् ।

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा भएको उद्घघाटन समारोहमा एकेडेमीका सल्लाहकार तथा पुर्व प्रदेश सभासद मोहन रेग्मी, उपाध्यक्ष तेजबिक्रम बस्नेत, उपमहासचिब सुवर्ण श्रेष्ठ लगायतले आफ्ना भनाई राखेका थिए ।

कार्यक्रम संयोजक सरिला श्रेष्ठका अनुसार माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका १५ वटा टिमको सहभागिता रहेको छ ।

एकेडेमीले वार्षिक कार्ययोजना अनुसार देशभर विभिन्न खेल प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ ।

अध्यक्ष आचार्यका अनुसार यस लगत्तै मधेस प्रदेशका विभिन्न जिल्लामा कुस्ती, फुटसल, टग अफ वार, हक्की, बागमती प्रदेशको काठमाडौमा अन्तर विश्व विद्यालय स्तरीय भलिबल, राष्ट्रिय फुल कन्ट्याक्ट कराँते, प्रदेशस्तरीय तेक्वान्दो लगायतका प्रतियोगिताहरु आयोजना हुँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close