आहा ! रारा पोखरा गोल्डकप : जावलाखेलको जितमा हिसुबको योगदान

पोखरा स्पोर्टस । २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा जावलाखेल युथ क्लबले महिछन्द्र फुटबल क्लबलाई पराजित गरेको छ ।  सहारा क्लब पोखराको आयोजनामा जारी तेश्रो दिनको प्रिक्वाटरमा जावलाखेल मछिन्द्र विरुद्ध १–० गोलले बिजयी भएको हो ।

जावलाखेलको जितमा एक मात्र गोल हिसुब थपालियाले गरे । लास्ट डिफेन्स सुशिल कुमार यादवको लङ पासमा हिसुबले मछिन्द्रका डिफेन्स देवेन्द्र तामाङ र किपर विशाल श्रेष्ठलाई विट गर्दै बललाई गोलको दिशा देखाए । हिसुब म्यान अफ दि म्याच घोषित भए ।

आहा रारा पोखरा गोलडकपमा सहभागि हुन जावलाखेल ९ वर्ष पछि पोखरा आएको हो । यस अघि जावलाखेलले १० औं, ११ औं, १२ औं र १४ औं आहा रारामा सहभागि रहेको थियो ।

विशाल श्रेष्ठको कप्तानीमा मैदानमा उत्रिएको मछिन्द्रले पटक–पटक पाएका अवसरहरु सदुपयोग गर्न भने सकेन । खेलको ४८ औं मिनेटमा मछिन्द्रले पेनाल्टी बक्स नजिकै फ्रिकिक पाए पनि विमल घर्तीमगरको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

प्रिक्वाटर खेल अन्तर्गत चौथो खेल शुक्रबार विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लबका बीच हुने आयोजकले जनाएको छ ।
तस्विर : एफएनपिजे कास्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close