
पोखरा स्पोर्टस । मदन भण्डारी स्पोर्टस एकेडेमी कास्कीले मदन जयन्तीको अवसरमा विविध कार्यक्रम आयोजना गर्ने भएको छ ।
७२ औं मदन जयन्तीका अवसरमा तिन छुट्टा छुट्टै कार्यक्रम आयोजना गर्ने गरी तयारी सुरु गरेको हो । सो एकेडेमीका कास्की अध्यक्ष रामजी अधिकारीका अनुसार असार १४ गते पोखरा रंगशालामा वुक्षारोपण कार्यक्रम तय भएको जनाएका छन् ।
त्यसै गरी विद्याथी लक्षित ३ किमि सडक दौड तथा कास्की सल्यानको एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिने तय भएको अध्यक्ष अधिकारीले जनाए । उनले भने–“वुक्षारोपण हामीले १४ गते गर्नेछौं भने दौड कार्यक्रमको मिति चाँडैनै तय गर्नेछौं ।” उनले वृक्षारोपण कार्यक्रममा सबै खेलप्रेमी, खेलाडी तथा प्रशिक्षकहरुलाई सहभागिताका लागि आग्रह समेत गरे ।
मदन जयन्तीका अवसरमा नेपाल भर विविध कार्यक्रमहरु तय गरिएको छ । ति कार्यक्रम मध्ये मदन भण्डारी स्पोर्टस एकेडेमीले केन्द्र देखि जिल्ला तथा स्थानियतहमा खेलकुद प्रतियोगिताहरु तयारी गरिरहेको छ ।
