एन्फा टोलीले गर्यो पोखरा रंगशाला फुटबल मैदानको अबलोकन

पोखरा, अखिल नेपाल फुटबल संघ (एन्फा)को एक टोलीले १३ औं दक्षिण एशियाली (साग) अन्तरगत आयोजना हुने मुख्य फुटबल मैदान पोखरा रंगशालाको अबलोकन गरेको छ ।

एन्फाका महासचिब ईन्द्रमान तुलाधार र दिलिप रजकले फुटबलका लागि आवश्यक पूर्वाधारहरुको बारेमा जानकारी लिएको १३ औं साग स्थानिय सहजिकरण प्राविधिक उपसमितीका संयोजक विद्या मर्सानीले बताए ।

एन्फाको एक महासचिब तुलाधर सहितको टोलीले निर्माणाधिन प्यारापिट, मैदान र अन्य विषयमा जानकारी लिएको संयोजक मर्सानीले बताए । उनका अनुसार फुटबल रंगशालामा दुई वटा प्लेयर बक्स, रेफ्रि रिफ्रेशर रुम, मिडिया कन्फ्रेन्स रुम र शौचालयको निर्माणको काम तिव्ररुपमा भइरहेको र एक साता भित्रै सकिने छ ।

विशेष गरि साग अन्तरगत फुटबलमा सहभागि हुने देशका प्राविधिकहरु समेत केही दिन पछि मैदानको निरिक्षणका लागि आइपुग्ने संयोजक मर्सानीले जानकारी दिए । ‘रंगशालाको ९० प्रतिशत भन्दा वढी काम सकिएको छ’ उनले भने–‘करिब १० हजार दर्शक सिट क्षमताको प्यारापिट समेत तयार हुनेछ ।’ उनले पोखरामा सागको विशेष उद्घाटन समेत मंसिर १६ गते हुने जानकारी दिए ।

स्मरणिय के छ भने साग अन्तरगत महिला फुटबल खेल मंसिर १७ गते बाट मंसिर २४ गते सम्म हुनेछ ।
तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close