१४ औं कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड पोखरा महानगरले जित्यो

पोखरा स्पोर्टस । १४ औं कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड पोखरा महानगरपालिकाले जितेको छ ।

गत वर्षको समेत उपाधि बिजे्ता पोखरा महानगरले कुल २८ स्वर्ण, १५ रजत र २ काश्य पदकका साथ रनिङ शिल्ड आफ्नो पक्षमा पार्न सफल भएको हो । कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका १ स्वर्ण, ६ रजत र १० काश्य पदकका साथ दोश्रो हुँदा, रुपा गाउँपालिका १ स्वर्ण, ३ रजत र ९ काश्यका साथ तेश्रो भएको छ ।

उपाधि विजेता पोखरा महानगरले रनिङ शिल्डका साथ नगद १२ हजार, उपविजेता अन्नपूर्णले ट्रफीका साथ नगद ७ हजार र रुपाले नगद ५ हजारका साथ ट्रफी हात पारेको छ ।

प्रतियोगितामा छात्र–छात्रा भलिबलमा पोखराले स्वर्ण जितेको छ भने कबड्डीमा समेत दुवैतर्फ पोखरा महानगर नै बिजेता बनेको छ । त्यसै गरी एथलेटिक्सको समग्र इभेन्टमा पोखरा महानगरले नै कव्जा जमाएको छ भने तेक्वान्दो, उशु र करातेमा समेत सबै खेलाडीहरु पोखरा महानगरबाट सोझै छनौटमा परेका छन् ।

बिजेता टिम तथा खेलाडीहरुलाई गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले शिल्ड, ट्रफी, नगद, पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै पूर्व मुख्यमन्त्री अधिकारीले राष्ट्रको झण्डा अन्तर्राष्ट्रिय परिवेशमा फहराउन खेलाडीहरुको अहम भूमिका हुने बताउँदै आफूलाई त्यो ठाउँमा उभ्याउने गरी आफ्नो दक्षता प्रदर्शन गर्न आग्रह गरे ।

समापन कार्यक्रम कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँका अध्यक्षतामा भएको थियो ।

दुई दिन देखि जारी प्रतियोगितामा गण्डकी प्रदेशस्तरिय प्रतियोगिताका लागि ६ खेलबाट १०८ जना खेलाडीहरु छनौट गरिएको छ ।

१ प्रतिक्रिया

  1. रूपाले १ स्वर्णसमेत जितेको छ । कास्की जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा १ स्वर्ण ४ रजत र ८ कास्यसहित रूपा गाउँपालिका समग्रमा तृतीय स्थान प्राप्त गर्न सफल भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close