कास्की जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि माछापुच्छ्रेले उचाल्यो

पोखरा स्पोर्टस । कास्की जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि माछापुच्छ्रे गाउँपालिकाले उचालेको छ ।

पोखरा रंगशालामा सम्पन्न उक्त प्रतियोगितामा समग्रमा १५ स्वर्ण, १४ रजत र १ कास्य पदक सहित रनिङ शिल्ड जितेको हो । उक्त प्रतियोगितामा पोखरा महानगर पालिका १४ स्वर्ण र ११ रजत सहित उपविजेता बन्दा अन्नपूर्ण गाउँपलिका १ स्वर्ण र २ कास्य सहित तेस्रो भएको छ ।

माछापुच्छ्रेले रनिङ शिल्ड सहित नगद १२ हजार, पोखरा महानगरले नगद ९ हजार र अन्नपूर्ण गाउँ पालिकाले ५ हजार प्राप्त गरेका छन् ।

प्रतियोगितामा छात्र भलिबलतर्फ अन्नपूर्णले स्वर्ण जित्दा पोखरा महानगरले रजत र माछापुच्छ्रेले कास्य पदक जितेको छ भने छात्रातर्फको भलिबलमा पोखरा महानगरले स्वर्ण, माछापुच्छ्रेले रजत र अन्न्पूर्णले कास्य पदक हात पारेको छ ।

त्यस्तै कव्वडी छात्रतर्फ पोखराले स्वर्ण र माछापुच्छ्रेले रजत जितेको छ भने छात्रा कब्बडीमा माछापुच्छ्रेले स्वर्ण र पोखरा महानगरले रजत पदक जितेको छ ।

यस्तै एथलेटिक्स छात्र र छात्रातर्फ माछापुच्छ्रेले स्वर्ण १४, कास्य १२, पोखरा महानगरले १२ स्वर्ण र रजत ९ वटा पदक जित्न सफल भए भने अन्नपूर्णले समग्रमा ४ कास्य पदक जितेका छन् । एथलेटिक्स खेलमा १३ वटा इभेन्टहरु सम्पन्न भएको निर्णायक श्याम बहादुर श्रेष्ठले बताए ।

प्रतियोगितामा विजेता खेलाडी तथा टिमहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसी, उपाध्यक्ष चन्द्रा अधिकारी, शिक्षा महाशाखा प्रमुख बलराम भुगाँई, क्षेत्रिय खेलकुदका निर्देशक कृष्ण तिमिल्सिना, गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङ, क्षेत्रिय खेलकुदका लेखा प्रमुख डिवी नेपाली, जिल्ला भलिबल संघका अध्यक्ष विष्णु बहादुर गुरुङ लगायतले नगद, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

समापन कार्यक्रम जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालको अध्यक्षतामा भएको थियो ।

सम्पन्न प्रतियोगिताबाट राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत एथलेटिक्स, भलिबल, कव्वडी, तेक्वान्दो, उशु र कराते गरी ६ खेलहरु आयोजना भएका थिए । सम्पन्न प्रतियोगिताबाट प्रदेश स्तरिय रनिङ शिल्डका लागि ८४ खेलाडीहरुको छनौट समेत गरिएको कार्यालय प्रमुख बरालले बताए । प्रदेशस्तरिय रनिङ शिल्ड यहि असार २३ र २४ गते पोखरामा आयोजना हुँदैछ ।

कास्की जिल्लास्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड पोखरामा सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close