‘फिस्टेल स्पोर्टस् फेस्ट’ को उद्घाटन बिहीबार. खेलहरु जारी

पोखरा स्पोर्टस । पोखरा १७ तल्लो बिरौटास्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’को उद्घाटन भोलि बिहीबार हुनेभएको छ ।

विद्यालय स्थापनाको २९ औं वार्षिकोत्सवको अवसरमा यही पौष ३ गतेदेखि केही खेलहरू सुरु संगै भोलि पुस ५ गते औपचारिक उद्घाटन हुन लागेको हो । पुष ७ गते सम्म सञ्चालन हुने स्पोर्टस फेस्ट अन्तर्गत र बास्केटबल छात्र/छात्रा, टेनिस र सेभेन ए साइड प्रतियोगिताहरू जारी रहेको विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले जानकारी दिएका छन् ।

सेभेन ए साइड
बुधबार सम्पन्न सेभेन ए साइड फुटबलतर्फको पहिलो खेलमा सगरमाथा निकेतनका विरुद्ध लिटिल फ्लावर स्कुलले सहज जित हाँसिल गरेको छ । सगरमाथा लिटिल फ्लावर संग ५–१ संग पराजय व्यहोरेको छ । यस्तै दोस्रो खेलमा मेट्रोपोलिटन एकेडेमीले इडेन्स एकेडेमीलाई २–१ ले पराजित गर्दा पोखरा पब्लिक र वेलनन एकेडेमीबिच निर्धारित समयको खेल १–१ गोलको बराबरी सकिएपछि टाई ब्रेकरमा ३–१ गोलका साथ वेलनन एकेडेमीले बिजयी भयो ।

यसैगरी नेपाल आदर्श र शान्तिदीप सकुलका बिच भएको चौँथो खेलमा ४–१ गोलका साथ शान्तिदीप ले जित दर्ता गर्दा पाँचौँ खेलमा टाई ब्रेकरमा सम्पन्न नतिजामा ८–७ गोलका साइनिङ स्टारले प्रगति लाई पराजित गरेको छ । यस्तै बुधबारको अन्तिम खेलमा बालमन्दिर विरुद्ध सेन्ट फ्रान्सिस स्कुलले ४–१ गोलअन्तरले विजय भयो ।

बास्केटबल
स्पोर्टस फेष्ट अन्तर्गत बास्केटबलका लिग चरणका खेलहरु सुरु भएका छन् । बास्केटबल छात्र/छात्रा दुबै समूहका खेलहरू जारी रहँदा छात्रा बास्केटबलतर्फ कुमुदिनी होम्सलाई बालकल्याणले १५–१२ स्कोरका साथ पराजित गरेको छ ।

यस्तै छात्रतर्फ स्पाइरल ग्यालेक्सीले प्रगतिलाई ५२–१३, फिस्टेलले वेलननलाई ३८–१८, अल्फाले पोखरा युनाइटेडलाई ५१–३१ स्कोरले पराजित गरे । यसैगरी अन्य खेलमा मनकामना बोर्डिङ स्कुलले भद्रकालीलाई ३७–२४, स्पाइरल ग्यालेक्सीले अल्फालाई ५७–३९, प्रगतिले पोखरा युनाइटेडलाई ५२–२९ र मनकामना र्बोिर्डङलु वेलनन एकेडेमीलाई ४५–२९ स्कोरले पाखा लगाएको छ ।

टेनिस
यसैगरी १२ वर्षमुनिको टेनिसतर्फ बुधबार भएको पहिलो खेलमा गण्डकी बोर्डिङ स्कुलका स्पन्दन उदासले फिस्टेल एकेडेमीका सुवान केसीलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरे भने गण्डकी बोर्डिङ स्कुलका प्रफुल्ल श्रेष्ठले अमरसिंह माविका एलिस गौतमलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरेका छन् ।

यसैगरी गण्डकी बोर्डिङ स्कुलका डोजन गुरुङले फिस्टेल एकेडेमी स्कुलका रियान्स भट्टराईलाई ६–१, ६–० को सोझो सेट र फिस्टेल एकेडेमी स्कुलका आयर्सले गण्डकी बोर्डिङ स्कुलका सूर्याश श्रेष्ठलाई ६–१, ६–० को सोझो सेटमा हराए ।

१० वर्षमुनिको खेलमा फिस्टल एकेडेमी स्कुलका सुवान केसीले फिस्टेलकै आरुष थापालाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दा शिशुनिकेतन स्कुलका इभानले फिस्टेल एकेडेमी स्कुलका रियांश भट्टराईलाई ६–३, ६–० स्कोरका साथ सोझो सेटमा पराजित गरे । बुधबारको अन्तिम खेलमा शिशुनिकेतनका ओम युगले अमरसिह माविका एलिस गुरुङलाई ०–६, ७–५, १०–४ को सेटमा पराजित गरे ।

७ गतेसम्म सञ्चालन हुने खेलकुद प्रतियोगिताबाट फुटबल तथा बास्केटबल खेलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः नगद रु ७५ हजार, ३५ हजार र २० हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।  यो निजी विद्यालयबाट सञ्चालित खेलकुद कार्यक्रममा प्रदान गरिएको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता समेत् हो । 

विक्रम संवत् २०५१ मा स्थापना भई लामो समयसम्म शिक्षा र खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याउँदै आएको विद्यालयले एसईई २०७९ मा ४ जिपिए सहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको थियो ।

विद्यालयले विगत दुई वर्षदेखि आफूलाई गण्डकी प्रदेशकै एकमात्र प्रगतिशील विद्यालय (Progressive School)को रूपमा अगाडि बढाउँदै आएको छ । आईबी पिवाईपी (IB PYP) प्रस्तावित सो विद्यालयले आयोजना गर्ने उक्त खेलकुद प्रतियोगितामा देश भरीका विभिन्न विद्यालयहरू सहभागीता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close