
पोखरा स्पोर्टस । १४औं कास्की जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड पौष १३ र १४ गते पोखरामा हुने भएको छ ।
जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजनामा सम्पन्न हुने उक्त प्रतियोगिता पोखरा रंगशालामा सम्पन्न हुने भएको हो । जिल्ला समन्वय समिति प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको अध्यक्ष बानियाँले जनाएका छन् । जिल्लामा राष्ट्रपति कप सञ्चालनका लागि जिल्ला समन्वय समितिको प्रमुखको अध्यक्षतामा बैठक बस्ने प्रावधान अनुसार आइतबार उक्त बैठक सम्पन्न भएको छ ।
प्रतियोगितालाई भव्य एवं सभ्य रुपमा सम्पन्न नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीले समेत आफ्नोतर्फबाट सहयोग गर्ने भएको बैठक पश्चात अध्यक्ष बाँनियाले जानकारी दिए ।
दुई दिन सम्म चल्ने प्रतियोगितामा कास्कीका चार गाउँपालिका र पोखरा महानगरको सहभागिता रहने छ । प्रतियोगितामा छात्र/छात्रा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उशु खेलमा प्रतिष्पर्धा हुनेछ । कास्की जिल्लाबाट ६ खेलका करिव ८० जना उत्कृष्ट खेलाडी १४ औं गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डका लागि छनौट हुनेछन् ।
गत सस्करणको कास्की जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि पोखरा महानगर पालिकाले जितेको थियो ।
