‘खेलकुदलाई पर्यटन संग जोड्न अपरिहार्य’–मन्त्री श्रेष्ठ

पोखरा स्पोर्टस । नवनियुक्त पर्यटन, संस्कृती, नागरिक उड्ययन मन्त्री तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदलाई पर्यटन संग जोडनु पर्ने कुरामा जोड दिएका छन् ।

सोमबार पदाबहाली संगै ओलम्पिक कमिटिले मन्त्री श्रेष्ठको सम्मानमा आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा उनले उक्त कुरामा जोड दिएका हुन् ।

सातदोबाटोस्थित ओलम्पिक भवनमा आयोजित कार्यक्रममा खेलकुदलाई पर्यटनसँग जोड्ने सम्भावित उपायबारे छलफल गर्नुपर्ने कुरामा जोड् दिंदै मन्त्री श्रेष्ठले भने–“हामीसँग धेरै समय छैन तर धेरै काम गर्नुछ । यो समयमा खेलकुदलाई पर्यटनसँग जोडेर ठोस कार्यक्रमलाई मुर्तरुप दिन सके खेल पर्यटनबाट मुलुक धेरै अगाडि बढ्न सक्छ”, उनले थप जोड दिंदै भने–“विशेषत खेल पर्यटन प्रवर्द्धनका लागि पर्वतिय खेलकुदको सम्भावना बारे गम्भिर रुपमा सोचेर ठोस कार्यक्रम ल्याउन आवश्यक छ ।”

कार्यक्रममा ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य लगायत सम्पूर्ण कार्यकरी सदस्यहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा ओलम्पिक कमिटीको तर्फबाट उपाध्यक्ष ज्योती राणाले मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close