
पोखरा स्पोर्टस । मित्रता र भाइचाराको रुपमा मनाइने रङ्गहरुको पर्व होलीको अवसरमा पोखरा रंगशालामा विभिन्न खेलकुदका कार्यक्रमहरु हुने भएका छन् ।
यहि चैत्र ३ गते हुने होलीको अवसरमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुदले विविध मनोरञ्जनात्मक खेलकुद कार्यक्रमहरु आयोजना गरेको हो । सो बारे जानकारी दिंदै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले कोभिड जस्तो अप्ठ्यारो परिस्थितीबाट जुधिरहेका खेलाडीहरुलाई एक दिन खुलेर मनोरञ्जन प्रदान गरी उनीहरुको आत्मबल बढाउन कार्यक्रम आयोजना गरिएको बताए ।
क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीका अनुसार उक्त कार्यक्रममा पर्यटन व्यवसायी र खेल पदाधिकारी विच मैत्रीपूर्ण भलिबल प्रतियोगिता, पुरुष तथा महिला खेलाडी विच खुला नृत्य प्रतियोगिता, महिला खेलाडीका लागि म्यूजिकल चियर प्रतियोगिता, बेलुन फुटाउने प्रतियोगिता र खेल संघहरु विच डोरी तान प्रतियोगिता हुने भएका छन् ।
यो कार्यक्रममा विभिन्न क्षेत्रका सहभागि भई खुसियाली मनाउने संगै आपसी भाइचार सम्वन्ध विकास स्थापित गर्दै पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि समेत थप बल मिल्ने क्षेत्रिय खेलकुदका लेखा प्रमुख डिवी नेपालीले बताए ।
फायल तस्विर
