
पोखरा स्पोर्ट्स । पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारीमा तीव्रता दिइएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पौष ११ गतेसम्म चल्ने प्रतियोगिताको लागि व्यवस्थापन तथा निर्देशन समितिसहित विभिन्न उपसमिति गठन गरेको छ ।
जस अनुसार व्यवस्थापन तथा निर्देशन समिति संयोजकमा अध्यक्ष दिपक बहादुर गोदार रहेका छन् । सदस्यहरूमा पूर्णचन्द्र न्यौपाने, तेज प्रसाद कडेल, डिबी नेपाली, हेम प्रसाद आचार्य, विजय गुरुङ, षडानन्द गौतम, भीम सुवेदी, सकुन्तला लम्साल, लेकमाया पुन, राम बहादुर लामिछाने, सागर भण्डारी, दिलिप लामा, गोप बहादुर अधिकारी, धन लामा, निरोज बहादुर नेपाली छन् ।
सचिवालय व्यवस्थापन उपसमिति संयोजकमा सुरज अधिकारी, सदस्यहरूमा शान्ता सुवेदी, भीम सुवेदी, सकुन्तला लम्साल, राजाराम पौडेल र भरत बानियाँ रहेका छन् । खेल तथा खेलाडी दर्ता उपसमिति अन्तरगत भलिबल संयोजकमा राम बहादुर लामिछाने, कबड्डी संयोजकमा सागर भण्डारी, एथलेटिक्स संयोजकमा गोप बहादुर अधिकारी, तेक्वान्दो संयोजकमा हर्क गुरुङ, उसु संयोजकमा शुकदेव रोक्का, कराते संयोजकमा धन लामा रहेका छन् ।
मार्चपास व्यवस्थापन उपसमिति संयोजकमा हरि जिसी, सदस्यहरूमा पुरुषोत्तम थापा र षडानन्द गौतम, सुरक्षा व्यवस्थापन तथा स्वयंसेवक परिचालन उपसमिति संयोजकमा पुरुषोत्तम थापा तथा सदस्यहरूमा किसान भण्डारी र लेकमाया पुन रहेका छन् ।
स्वास्थ्य व्यवस्थापन उपसमिति संयोजकमा प्रविण रानाभाट र सदस्यमा पोषण बहादुर थापा मञ्च निर्माण, सजावट तथा सांस्कृतिक व्यवस्थापन उपसमिति संयोजकमा प्रीति बराल, सदस्यहरूमा लेकमाया पुन, सकुन्तला लम्साल, सोमनाथ भण्डारी र मोना गुरुङ रहेका छन् ।
खेल मैदान, सरसफाइ तथा पानी व्यवस्थापन उपसमिति संयोजकमा लक्ष्मण कुँवर र सदस्यहरूमा विजय गुरुङ, परशी शेर्पा, गङ्गा थापा, श्याम बिक, सरोज पुन रहेका छन् ।
अनुगमन उपसमिति संयोजकमा हेम प्रसाद आचार्य, मिडिया प्रचार तथा प्रसार उपसमिति संयोजकमा राजाराम पौडेल, प्राविधिक उपसमिति संयोजकमा राजन पौडेल र सहसंयोजकमा सिद्धान्त अधिकारी रहेका छन् । जिल्ला छनोट निर्णायक समिति भलिबलमा बल बहादुर श्रेष्ठ, कौशिल्या खत्री, रमेश जिसी, लेखनाथ लम्साल, कबड्डीमा राजकुमार थापा, हरि जिसी, कविता आले, एथलेटिक्समा गोप बहादुर अधिकारी ,सिद्धान्त अधिकारी, गज बहादुर गुरुङ रहेका छन् ।
प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधामा प्रतिष्पर्धा हुनेछ । खेलकुदलाई व्यवसायिक बनाउनका लागि नगद पुरस्कारसहित प्रतियोगिता आयोजना गरिएको महानगर खेलकुद समितिको दावी छ ।
यस आर्थिक वर्षमा सो प्रतियोगिता सम्पन्न गर्न महानगर पालिकाले ३५ लाख बजेट विनियोजन गरेको छ । जुन ६ वटा प्रतियोगिताका लागि सर्वाधिक खर्च हुने रकम समेत हो । यो प्रतियोगितामा १८ वर्ष मुनी उमेर समुहका खेलाडीहरुको सहभागिता हुनेछ ।
