‘धरान रन–बाह्रौं नेवा च्यारेटी’ फागुन १२ गते हुने तय

पोखरा स्पोर्टस । ‘धरान १० किमि रन–बाह्रौं नेवा च्यारेटी २०८०’ फागुन १२ गते हुने भएको छ । धरान रन समुहको आयोजनामा शिक्षाको निम्ति दौड अभियान अन्तर्गत सो प्रतियोगिता तय भएको हो ।

धरान रन समुहका अध्यक्ष रमु राईका अनुसार ३ हजार भन्दा बढी घावक धाविकाहरुले सहभागीता जनाउने छन् । प्रतियोगितामा बिजयी हुनेलाई खुल्लातर्फ प्रथम, द्वितिय र तृतिय हुने महिला तथा पुरुष धावकलाई जनही नगद रु. ६० हजार, ४० हजार र ३० हजार पुरस्कार प्रदान गरिनेछ ।

त्यसै गरी १२ र १६ बर्ष मुनि र भेट्रान समुह अन्तर्गत प्रथम, द्वितिय र तृतिय हुने महिला तथा पुरुष विजेता खेलाडीहरुलाई क्रमश जनही नगद रु. ७ हजार, ५ हजार र ३ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताबाट संकलित रकम शिक्षाको निम्ति स्थापित ‘नेवा एजुकेसन फन्ड’मा जम्मा गरिनेछ । सो अन्तर्गत १२ जना बिद्यार्थीहरुलाई धरान रनले छात्रवृत्ति प्रदान गरिरहेको छ ।

साथै स्पाइनल इन्जुरि भएको अपांगहरुको निम्ति व्ह्विल चेयर रेस समेत प्रतियोगितामा समावेश गरिएको छ ।

सो अभियानले खेलाडीहरुको अनलाइन दर्ता फारम खुल्ला गरेको छ । www.dharanrun.org.np मा गएर मंसिर २१ गते सम्म नगद रु ४ सय तिरेर रजिस्ट्रेसन गर्न सकिने काठमाण्डौ समन्वय संयोजक राजन खत्रीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close