
पोखरा स्पोर्टस । अन्तर्राष्ट्रिय पौडी महासंघका अध्यक्ष (वर्ल्ड एक्वाटिक्स)का अध्यक्ष क्याप्टेन हुसेन अल मुसलम नेपालको भ्रमण पुरा गरि स्वदेश फर्किएका छन् ।

दुई दिने नेपाल भ्रमणका लागि आएका उनलाई बुधबार स्वदेश फर्किएका हुन् । उनलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ट, नेपाल पौडी संघका अध्यक्ष अशोक बज्रचार्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए ।
नेपाल पौडी संघको निमन्त्रणामा नेपाल आएका अध्यक्ष हुसेनले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलगायत संग भेट गरेका थिए ।
अध्यक्ष हुसेन मुसाल्लमले विश्व एक्वेटिक्सले नेपाली पौडीको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सानै उमेरदेखि बालवालिकालाई पौडीमा आकर्षित गर्न र सोको लागि विश्व एक्वेटिक्स सहकार्य गर्न इच्छुक रहेको बताएका छन् ।
उनी संगै कोचिङ्ग एडभाईजर जेम्स गिब्सन र मिस पर्निल ब्लुम (ओलम्पिक तथा वर्ल्ड च्याम्पियन) समेत नेपाल आएका थिए । उनीहरुले दुई दिने प्रशिक्षण समेत सञ्चालन गरेको नेपाल पौडी संघले जनाएको छ ।
