आहा ! रारा पोखरा गोल्डकप : लिग च्याम्पियन हुने मछिन्द्रको तयारीमा झट्का

पोखरा स्पोर्टस / सुरज श्रेष्ठ । सहारा क्लबको आयोजनामा पोखराको रंगशालामा जारी आहा रारा पोखरा गोल्डकपमा पराजित हुँदा लिग च्याम्पियन मछिन्द्रको तयारीमा झट्का लागेको छ । लिग च्याम्पियन समेत रहेको मछिन्द्रले चर्च ब्वाइज संग ३–१ ले पराजित हुन पुगेको हो ।

पोखरा रंगशालामा आइतबार भएको खेलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लब विरुद्धको खेलमा ३–१ गोल अन्तरले पराजित हुँदा आगामी लिगको तयारी स्वरुप हेरिएको आहा रारा प्रतियोगितामा नै मछिन्द्रलाई झट्का लागेको हो भने मछिन्द्र एफसी च्याम्पियनशिपको तयारीमा समेत रहेको टिम समेत हो । 

खेलको २३ औ मिनेटमा आशिष चापागाइले गोल गदैं चर्चलाई अग्रता दिलाएका थिए । अन्जन विष्टले गरेको हेड मछिन्द्रका किपरले पन्च गरेर फालेको बललाई आशिषले गोलमा परिणत गरेका थिए । 

खेलको चौथो मिनेटमा मछिन्द्रका एरिक बिष्टले डिबक्स भित्रबाट गरेको पावरफुल सट क्रसबार माथि बाट बाहिरिएको थियो । नेपालका चर्चित स्ट्राइकर बिमल घर्तीमगर समेत समावेश भएको टीमले खासै खेलमा जादु देखाउन सकेनन ।

पुुस १५ गते नेपाल पुलिस क्लब माथि जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको चर्च ब्वाइज भर्खर मात्रै ए डिभिजनमा उक्लिएको क्लब हो ।

पहिलो हाफको अतिरिक्त समयमा उनै आशिष चापागाईले व्याक्तिगत दोस्रो गोल गर्दे चर्चको लागि गोल संख्या दोब्बर बनाएका थिए । पुलिस संगको खेलमा डिफेन्स कमजोर देखिएको चर्चको डिफेन्स लाइन आजको खेलमा भने सुधार गरेको थियो ।

पहिलो हाफमै थकित देखिएको बिमल घर्ती मगरले खेलको ४४ औ मिनेटमा डिबक्स भित्र बाटै हानेको लेफ्ट फुटेट सट फ्रेममा पर्न सकेन ।

पहिलो हाफमा २ गोलले अघि रहेको चर्चले खेलको ६४ औ मिनेटमा अर्को एक गोल थप्दैे विजेता बन्ने यात्रालाई निरन्तरता दिएको थियो । उक्त गोल चर्चका आशिष चौधरीले गरेका थिए ।

जित्ने पक्का भए पछि चर्चब्वाइजका प्रशिक्षक विक्रम लामाले आफ्ना मुख्य खेलाडीहरुलाई आराम समेत दिएका थिए । सोही मौकामा मछिन्द्रका सौरभ सुब्बाले ८९ औ मिनेटमा आफ्ना टिमको लागि सान्तवना गोल गर्न सफल भए ।

हार संगै आहा रारा पोखरा गोल्डकपमा मछिन्द्रको यात्रामा पुर्ण विराम लागेको छ भने चर्चले सेमीफाइनलको यात्रा तय गरेको छ ।

आजको खेलमा चर्चका आशिष चापागाइ म्यान अफ द म्याच घोषित भए । अब चर्च ब्वाइजले पुस २१ गते हुने खेलको बिजेता संग सेमीफाइलमा भिड्ने छ । सोमबारको खेल विभागिय त्रिभुवन आर्मी र संकटा बिच रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close