“युथ एथलेटिक्स च्याम्पियनसिप” आयोजना हुने

पोखरा स्पोर्टस । एथलेटिक्स परिवार, नेपालले आउदो मंसिर १८ गते शनिवार काठमाडौमा “युथ एथलेटिक्स च्याम्पियनसिप–२०७८” आयोजना गर्ने भएको छ ।

विगत लामो समय देखि एथलेटिक्स तर्फको ट्रयाक एण्ड फिल्डका कार्यक्रममा नभए पछि परिवारले उक्त कार्यक्रम गर्न लागेको जनाएको हो । संस्थाका अध्यक्ष राज खत्रीका अनुसार छात्र तथा छात्रा तर्फ यू–१६ र यू–२० उमेर समुहमा संचालन हुने उक्त च्याम्पियनसिपमा यू–१६ तर्फ १२ र यू–२० मा १६ ईभेन्ट गरी कुल २८ ईभेन्टमा प्रतिष्पर्धा गराईने भएको छ ।

साथै कार्यक्रम अन्तर्गत यू–१६ छात्र र छात्रा तर्फ ६० मि दौड, १०० मि.दौड , ८०० मि.दौड, सटपुट थ्रो, लडगजम्प र ४ गुणा १०० मिटर रिले हुनेछन भने यू–२० छात्र र छात्रा तर्फ १०० मि दौड, ४०० मि दौड, ८०० मि दौड, ३००० मि दौड, लडगजम्प, हाईजम्प , सट्पुट थ्रो र ४ गुणा १०० मिटर रिले दौड़ संचालन हुनेछन ।

कार्यक्रमले ट्रयाक एण्ड फिल्ड तर्फ यूवा खेलाडीको उत्पादनमा सहयोग पुग्नुका साथै कार्यक्रम नभएर निराश भएका खेलाडीलाई फेरी खेलतर्फ आकर्षण गर्न सहयोग पुग्ने अध्यक्ष खत्रीले पोखरा स्पोर्टसलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close