
पोखरा स्पोर्टस । एपिएफ पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको पुरुष तर्फ फाईनल प्रवेश गरेको छ । एपिएफले यस अघिनै १५ अंकका साथ फाईनल प्रवेश गरेको टिपटप हेल्प नेपाल क्लबलाई ३–० ले पराजित गर्दै १३ अंकका साथ बुलबुले रारालाई पछाडी पार्दै फाईनल प्रवेश गरेको हो ।
बुलबुलेको ६ खेलबाट १२ अंक मात्र रहेको छ । भर्खरै प्राप्त जानकारी अनुसार एपिएफले ३ भारतिय खेलाडीलाई फाईनलका लागि बिश्राम दिएको हेल्प नेपाललाई पहिलो सेटमा २५–१८ ले पराजित गरेको छ । यस्तै दोश्रो सेटमा २५–१८ ले र तेश्रो सेटमा २५–२३ ले पराजित गरेको हो । यदि यस स्पर्धामा एपिएफ पराजित भएको खण्डमा बुलबुले रारा फाईनल प्रवेश गर्ने थियो ।
भोलीको खेल महिला तर्फ फाईनल न्यू डायमण्ड र पुलिस ११ : ३० बजे । खेल समापन कार्यक्रम २:३० बजे र प्रतियोगिताको पुरुष तर्फको हेल्प नेपाल र एपिएफ विचको खेल ३ :३० बजे बाट सुरु हुने कार्यक्रम रहेको छ ।
Aha Rara Advt