
पोखरा स्पोर्ट्स । सहारा क्लब पोखराद्वारा आयोजनामा पोखरा रंगशालामा जारी २५औँ आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताका खेलहरू फ्लडलाइट जडान कार्य असफल हुँदा साँझको सट्टा दिउँसो सञ्चालन गरिने भएको छ । क्लबले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रतियोगिता फ्लडलाइटमा सञ्चालन गर्ने तयारी गरिए पनि आवश्यक प्राविधिक व्यवस्था समयमै पूरा हुन नसकेपछि खेल साँझ सञ्चालन गर्न असमर्थ भएको जनाएको छ ।

“खेलकुदको विकासमा सहकार्य गर्दै पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गर्ने” उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा फ्लडलाइट जडानको प्रयास गरिए पनि पूर्णरूपमा सञ्चालन योग्य नबनेकाले अबका खेलहरू २०८२ फागुन १ गतेदेखि दिउँसो ३ बजेदेखि सञ्चालन हुने जानकारी दिइएको छ ।
सहारा क्लबले यस व्यवस्थापन असुविधाका कारण खेलप्रेमीहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।
यस वर्षको आहा रारा गोल्ड कपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लबहरूको सहभागिता रहेको छ । आज बिहीवार तेस्रो दिनको प्रीक्वाटर खेल सकिएको छ । सो अस्थायी फ्लड लाइट जडान गर्न सहाराले २० लाख खर्चिएको थियो ।
