
पोखरा स्पोर्टस । इङल्याण्डविरुद्धको जारी तेस्रो टेस्टको दोस्रो दिनको खेल सकिदा भारतले ३ विकेट गुमाएर १४५ रन बनाएको छ । भारत पहिलो इनिंगमा इङल्याण्ड भन्दा अझै २४२ रनले पछि रहेको छ ।
भारतका लागि आफ्नो पहिलो इनिंगमा के एल राहुलले अर्धशतक बनाउदै भारतीय टिमलाई सम्हालेका छन् । उनी ५३ रन बनाएर खेलिरहेका छन् । त्यस्तै ऋषव पन्तले १९ रन बनाएर खेलिरहेका छन् ।
यसअघि भारतका यशश्वी जैसवालले १३, करुण नायरले ४० र कप्तान शुभमन गिल १६ रन बनाएर आउट भएका थिए ।
त्यस्तै इङल्याण्डका बलर जोफ्रा आर्चर, क्रिस वोक्स र बेन स्टोक्सले एक एक विकेट लिए ।
यसअघि इङल्याण्डले पहिलो इनिंगमा ३८७ रन बनाएको थियो ।
