
पोखरा स्पोर्टस । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले खेलाडीको सुविधाको मुद्धालाई जोडदार रुपमा उठाउने महासंघका अध्यक्ष रमेश पौडेलले बताएका छन् ।
खेलकुद महासंघ पोखरा महानगर कमिटिले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले उक्त कुरा बताएका हुन । खेलकुद महासंघका धारणा अघि सार्दै अध्यक्ष पौडेलले खेलाडीका मुल भावनालाई जोड्न सक्यो भने खेलकुद विकास सम्भव रहेको उल्लेख गर्दै भने–“खेलाडीको भत्ता भन्दा अफिसियलको धेरै छ, यो भिन्नता तुरुन्तै हटाउँदै अव आयोजना हुने राष्ट्रिय प्रतियोगिताहरुमा खेलाडीको भत्ता ५ हजार पुर्याउनु पर्छ” उनले जोड दिंदै भने–“यदि राज्य तयार भएन भने खेलकुद महासंघले यो मुद्धालाई जोडदार रुपमा उठाउने छं ।”

जापानको राजधानी टोकियोमा हालै सम्पन्न भएको ओलम्पिक बारे चर्चा गर्दै अध्यक्ष पौडेलले खेलाडी भन्दा अफिसियलको भिडले खेलक्षेत्रलाई नै उपहास गरेको बताए । खेल क्षेत्रमा वढ्दै गइरहेको वेथितीले खेलाडीलाई ओलम्पिक मेरो हो भन्ने भावना जागृत गर्न नसकेको उल्लेख गर्दै उनले भने–“जहिले सम्म खेलाडी लाई उपेक्षा गरिन्छ पार्की र प्रशिक्षक मल्ल जस्तै काण्ड सबन्धित निकाय ले गरिरहन्छन” “पाँच खेलाडी पच्चीस अफिसियल त्यही पनि असम्बन्धित खेल क्षेत्रका अन्तर्राष्ट्रिय प्रतियोगितामा जान्छन् तबसम्म ओलम्पिक मेरो हो भन्ने भावना खेलाडीले गर्न सक्दैन, हामी यसको विरुद्ध चर्को आवाज उठाउँछौं” उनले भने ।
खेल क्षेत्रमा लगानी नभएकै कारण समग्र खेलक्षेत्रले विकास हुन नसकेको तर्क अघि सार्दै अध्यक्ष पौडेलले खेलकुदमा लगानी नभएकै कारण पदकको सम्भावना पनि नरहेको बताए । खेल क्षेत्रको विकास गर्छु भन्ने इच्छा शक्ति भएको व्यक्ति नेतृत्वमा नआएको र खेलकुद मन्त्रालय पनि कसैको रोजाई बन्न नसक्दा खेलकुदमा वग्रेल्ती समस्याहरु उठेको उनको भनाई थियो । महासंघले यिनै विकृतीका विरुद्ध आफ्ना आवाजहरु उठाइरहेको बताउँदै अध्यक्ष पौडेलले भने–“हामीले विगतको सरकारमा उठाएका मुद्धाका कारणनै केही उपलव्धी हासिल भएका छन,” उनले थप जोड दिंदै भने–“हामी ति उपलव्धी रक्षा संगै खेलाडीको स्वाभिमानको रक्षा, पेटको कुरा र निवृतीभरणको कुरालाई संघर्षका रुपमा उठाउने छौं ।”
समृद्धिको कुरा गित गाएर मात्रै हासिल हुन नसक्नै भन्दै अध्यक्ष पौडेलले नेपालका १७ हजार विद्यालय, ७ सय ५३ पालिका र सरकारी र संस्थानहरुमा खेल प्रशिक्षकको नियुक्तीका लागि महासंघले सरकारलाई दवाव दिने बताउँदै अस्पताल मात्रै निर्माण गरेर निरोगी हुन वन्न नसक्ने बताए । उनले भने–“खेलकुद मार्फत समृद्धीको कुरा नारामा मात्रै सिमित राखेर हुँदैन यसलाई व्यवहारमा लागु गर्नुपर्छ”, “महासंघले सबैका लागि खेलकुद भन्ने आत्मासाथ गर्दै अघि बढ्ने छ, यदि हाम्रा मुद्धाका बारेमा सुनुवाई नभए महासंघ आन्दोलनमा उत्रिने छ,” उनले चेतावनी दिंदै भने ।
नेपाल खेलकुद महासंघ पोखरा महानगर कमिटिका अध्यक्ष खगेन्द्र क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रिय उपाध्यक्ष ओम कृष्ण प्रसाई, उपमहासचिव शान्ता माया परियार, यूवा संघका नेता विष्णु पुन लगायतको सहभागिता रहेको थियो ।
