
पोखरा स्पोर्टस । प्रथम कोशी प्रदेश मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ ।
शनिबार साँझ अवेर गरी सम्पन्न प्रतियोगितामा गण्डकीले उापधि जितेको हो । गण्डकीले आयोजक कोशी प्रदेशलाई २५–१९, २५–२० र २५–१० को सोझो सेटमा पराजित गरेको गण्डकीका टिम म्यानेजर जिवन केसीले पोखरा स्पोर्टसलाई बताए ।
उपाधि संगै गण्डकीले नगद ३ लाखका साथमा ट्रफी हात पारेको छ भने ५ उत्कृष्ट विद्याहरुमा समेत कब्जा जमाएको छ ।
गण्डकीका रवि केसी सर्वोत्कृष्ट हुँदै नगद २० हजार प्राप्त गरे भने उत्कृष्ट ब्लकरमा हिमाल सुनारी, उत्कृष्ट लिविरोमा कुन्दन शाही, उत्कृष्ट सेटरमा सुजन चोखाल र उत्कृष्ट प्रशिक्षकमा रमेश केसी हुन सफल भए । उनीहरुले जनही नगद १०–१० हजार हात पारे ।
प्रतियोगिता १४ गतेबाट सुरु भएको थियो ।
