नेपाली महिला ह्याण्डबल टोलीलाई जर्शी प्रदान

पोखरा स्पोर्टस । मित्रराष्ट्र चिनमा आयोजना हुने १९ औ एसियाली खेलकुदका लागि तयारी गरिरहेका नेपाली महिला ह्याण्डबल टोलीलाई खेल जर्शी प्रदान गरिएको छ ।

नेपाल ह्याण्डबल संघले बुधबार एक कार्यक्रमको आयोजना गरी खेल जर्शी प्रदान गरेको हो । पहिलो चरणको बन्द प्रशिक्षणका ३२ जना खेलाडीहरुलाई जर्शी प्रदान गरिएको संघका महासचिव सन्देश रेग्मीले पोखरा स्पोर्टलाई जानकारी दिए ।

यति बेला पहिलो चरणको प्रशिक्षण कार्यक्रम अन्तर्गत लगनखेलस्थित नेपाली सेनाको प्रशिक्षण केन्द्र, पोखरा लगायतका स्थानमा खेलाडीहरुले प्रशिक्षण गरिरहेका छन् । नेपाल ह्याण्डबलका मुख्य प्रशिक्षक हिमाल दाहाल, प्रशिक्षक विराटमान वज्रचार्य, प्रशिक्षक कृष्ण श्रेष्ठले लगनखेलमा, प्रशिक्षक विन्दा महाराजीले उदयपुरमा र विशाल बस्नेतले पोखरामा उनीहरुलाई प्रशिक्षण दिइरहेका छन् । हाल लगनखेलमा २४ जना अन्य खेलाडीहरु पोखरा, उदयपुर लगायतका ठाउँमा प्रशिक्षण गरिरहेका छन् ।

खेलाडीको दोश्रो चरणको छनौट भने असार २७ गते हुनेछ । नेपाली महिला ह्याण्डबल टोली नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा रजत पदक जिते संगै एसियाली खेलमा सहभागिता गर्ने अवसर प्राप्त गरेको हो । नेपाली महिला ह्याण्डबल टोली पहिलो पटक एसियाली खेलमा सहभागिता जनाउने छ । यद्यपी कोभिड १९ लगायतका कारण एसियाली खेल आयोजना मिति केही पछि धकेलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close