खेलकुद पत्रकार मञ्चका संस्थापक ज्ञवाली र सदस्य गिरी सम्मानित

पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका संस्थापक अध्यक्ष राम कृष्ण ज्ञवाली र सदस्य अर्जुन गिरी सम्मानित भएका छन ।

नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गर्ने दयाशंकर पालिखे स्मृति पत्रकारीता पुरस्कार २०७६ बाट मञ्चका संस्थापक अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली र मञ्चका सदस्य अर्जुन गिरी जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित भएका हुन । ज्ञवालीले नगद ५५ हजार ५ सय ५५ र गिरीले नगद ११ हजार प्राप्त गरेका छन ।

यस सँगै महासंघ कास्कीले एकैथलोमा एक दर्जन पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । महासंघ कस्की शाखाकोे शुक्रबार १५ औं साधारण सभाको अवसरमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा सो सम्मान गरिएको हो । कार्यक्रममा अग्रज पत्रकार नारायण कार्कीलाई कृती स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरियो । पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ ।

गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार, २०७७ बाट आदर्श समाज दैनिकका सम्पादक भरत कोइराला सम्मानित भए । पुरस्कार राशि २५ हजार तथा सम्मानपत्र रहेको छ । आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार गोविन्द सुवेदी सम्मानित भए । पुरस्कार राशि २० हजार र सम्मानपत्र रहेको छ । टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कार, २०७६ बाट पत्रकार कमल पौडेल अथक र २०७७ बाट मोतिसागर अधिकारी, २०७७ बाट भीम थापा, मीना सृजनशील पत्रकारीता पुरस्कार, २०७६ बाट रोशनी गुरुङ पुरस्कृत भए ।

यस्तै, पत्रकार महासंघ कास्कीले उत्कृष्ट कार्यसमिति सदस्यको रुपमा कृष्ण दवाडीलाई १० हजार सहित सम्मान ग¥यो भने कार्यालयसचिव जगत कार्कीलाई दीर्घसेवा सम्मान दिएको महासंघ कास्की अध्यक्ष दीपन्द्र श्रेष्ठले जानकारी दिए ।
फोटो : दर्गा पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close