
पोखरा स्पोर्टस । अन्तर प्रदेश भ्रमणका लागि हिंडेको प्रदेश खेलकुद परिषद गण्डकीको टोली र सुदुर पश्चिम प्रदेश खेलकुद परिषद विच छलफल भएको छ ।

गण्डकी प्रदेशको टोलीले सोमबार सुदुर पश्चिम खेलकुद परिषदका पदाधिकारी विच महत्वपूर्ण छलफल भएको हो । छलफल बारे जानकारी गराउँदै प्रदेश खेलकुद गण्डकीका कार्यालय प्रमुख तोपलाल भुसालले छलफल महत्वपूर्ण रहेको बताए ।
प्रदेश खेलकुद स्थापना पछि पहिलो पटक भ्रमणमा रहेको टोलीले सुदुर पश्चिम खेलकुद परिषदका विच नितिगत, खेलकुदमा विद्यमान कानुनी जटिलता, खेल पूर्वाधारहरुको निर्माण, कर्मचारी समायोजन लगायतका विषयमा छलफल भएको कार्यालय प्रमुख भुसालले बताए । छलफलमा खेलकुद विकास र खेलकुद प्रतियोगिताहरुमा सहकार्य संगै अन्य नितिगत विषयमा सहकार्य गर्ने समेत जनाइएको छ ।
भ्रमणमा रहेको टोलीलाई सुदुर पश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपक सिंह बोहराले स्वागत गरेका थिए । यस संगै प्रदेशका पदाधिकारी र कर्मचारीहरु विच समेत महत्वपूर्ण भेटघाट र छलफल भएको कार्यालय प्रमुख भुसालले जानकारी दिए । भ्रमण टोलीले सुदुर पश्चिमस्थित धनगढीलगायतका स्थानमा निर्माण सम्पन्न भएका र निर्माणाधिन कभर्डहल र रंगशालाहरुको समेत अवलोकन गरेको थियो ।
परिषदका सदस्य सचिव घनश्याम पौडेलको नेतृत्वमा भ्रमणमा हिंडेको टोलीमा परिषदका सदस्य तथा भ्रमण टोलीका संयोजक गिरमान गुरुङ, परिषदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ र ऋषीराम गौतम, परिषदका सदस्यहरु योगेन्द्र शेरचन, बासु वराल, चन्द्रा घले गुरुङ, विष्णु माया गुरुङ, जिल्ला खेलकुदका अध्यक्षहरु तोरण बानियाँ, सेत बहादुर पुन रहेका छन् भने लेखा प्रमुख निलकण्ठ ढकाल पनि टोलीमा समावेश छन् ।
टोलीले मंगलबार मध्यपश्चिम प्रदेशको भ्रमण गर्ने जनाएको छ ।
