केल्मीले पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने

पोखरा स्पोर्ट्स । अन्तर्राष्ट्रिय ब्राण्डको खेलकुद पोशाक केल्मीले सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई सहयोग गर्ने भएको छ ।

यही वैशाख २३ गते आयोजना हुने अवार्डलाई सफल पार्न नेपालको लागि केल्मीको आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि.ले सहयोग गर्ने भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको हो । पोखरा स्पोर्टस अवार्डलाई सहयोग गर्ने बारे प्रा.लि.का म्यानेजिङ डाईरेक्टर उत्तम न्यौपाने र मञ्चका अध्यक्ष दीननाथ बराल बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

अवार्ड सफल पार्न कामारुले करिब एक लाख ५० हजार बराबरको सहयोग गर्ने भएको छ । नेपालमा समेत उत्तिकै लोकप्रिय व्राण्ड केन्मीले मञ्चको अवार्डलाई सफल पार्न सहयोग गरेकोमा मञ्चका अध्यक्ष बरालले गण्डकीमा ब्राण्डको प्रबद्र्धनमा आवश्यक सहयोग गर्ने बताए ।

मञ्चले हरेक बर्ष अवार्ड गरेकोमा पहिलो पटक सहकार्य गर्ने अवसरमा दिएको भन्दै प्रा.लि.का म्यानेजिङ डाईरेक्टर न्यौपानेले धन्यवाद दिएका छन् । आगामी दिनमा समेत् सहकार्य लाई निरन्तरता दिने उनले बताए । केल्मी ब्राण्डले नेपाली क्रिकेट, फुटवल, भलिबल, गल्फ लगायतका खेलहरुसंग तथा पोखरा म्याराथनलाई समेत सहकार्य गरेको न्यौपानेले उल्लेख गरे ।

मञ्चका अध्यक्ष बराल सहित सचिव शशिकुमार पौडेल सहितको टोली अवार्ड सफल पार्न पूर्व तयारी स्वरुप पहिलो पटक केल्मीसहित राष्ट्रिय खेलकुद परिषद (राखेप) ले समेत सहयोग गर्ने भएको हो ।

सातौं सस्करणको अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिनेछ ।

अवार्ड कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका लगायतले सहयोग गर्ने तय भैसकेको छ । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर ग्रुप अफ पोखरा नेपालले तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको महासचिव राजाराम पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close