अपाङ्ग बास्केटबल खेलाडी लाई खाद्यान्न सहयोग

पोखरा, कोभिड १९ का कारण लामो समय देखि लक डाउनमा रहेर समस्यामा परे पछि अपाङ्ग बास्केटबल खेलाडीलाई आज लायन्स क्लव अफ पोखरा लेक सिटीले खाद्यान्न सामाग्री प्रदान गरेको छ ।

पोखरा रंगशालामा आयोजित एक कार्यक्रमका विच राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, क्लवका सचिब सुनिल कुमार मानन्धर, क्लव चियर पर्सन सुर्य श्रेष्ठ (सुरज), कोषाध्यक्ष एवम पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वज कुमार गुरुङले खेलाडी लाई खाद्यान्न सामाग्री प्रदान गरेका थिए ।

खाद्यान्न प्राप्त गर्ने खेलाडीमा राम चन्द्र परियार, धुर्व नेपाली, बल बहादुर रोक्का, भरत अधिकारी, सुरेश गौली, भरत विक्रम वानिया र सुर्य कुमार गोले रहेका छन । गत वर्ष पोखरा लेक  सिटीले आयोजना गरेको राष्ट्रिय अपाङ्ग बास्केटबल प्रतियोगितामा यो टिम च्याम्पियन समेत रहेको थियो । यि खेलाडीहरुले टेवुल टेनिसको राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता हुँदै आएका छन ।

कार्यक्रममा सुर्य श्रेष्ठ (सुरज)ले व्यक्तिगत रुपमा खेलाडीलाई जनही नगद ५ सय ५ रुपैंया नगद प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै राखेपका सदस्य गुरुङले लक डाउनका कारण समस्यामा रहेका अपाङ्गता खेलाडीलाई खाद्यान्न सहयोग गर्नु सर्हानिय रहेको बताए । क्लवका कोषाध्यक्ष मर्सानीले अपाङ्ग खेलाडीलाई करिव ३० हजार बराबरको खाद्यान्न सहयोग गरेको र अन्य खेलाडी लाई समस्या भए आवश्यक्ता अनुसार सहयोग गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close