७५ वर्षिय रानाभाटले पुरा गरे पोखरा म्याराथन

पोखरा स्पोर्टस । नेपाल भुतपुर्व मञ्चका संस्थापक अध्यक्ष ७५ वर्षिय खड्ग रानाभाटले १८ औं संस्करणको म्याराथन दौड पुरा गरेका छन् ।  पुर्व एथलेटिक्स खेलाडी रानाभाटले कुल साढे सात घण्टा लगाएर दुरी पार गरेका हुन् । विहान सात बजे सुरु भएको म्याराथनको अन्तिम विन्दुमा साढे दुई बजे प्रवेश गर्दै उनले दुरी पुरा गरे ।

१८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उद्घाटनको क्रममा राष्ट्रिय झण्डा प्रमुख अतिथी गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबाट ग्रहण गरे लगतै सबै इभेन्टका धावकहहरुलाई अघि लगाएर अन्तिममा रानाभाटले रंगशालाबाट दौड सुरु गरेका थिए ।

उमेरले नेटो काटेपनि आफैले जन्माएको म्याराथनमा सहभागि भएर युवाहरुलाई म्याराथनप्रति आकर्षित गर्न चाहेको उनले बताए । रानाभाटले आफ्नो परिवारको नाममा म्याराथनको गण्डकी प्रदेशतर्फको विजेताको पुरस्कार ५० हजार रुपैयाँ समेत सहयोग गरेका छन् ।

म्याराथनले आफ्नो स्वास्थ्यको समेत जाँच गरेको उनले सुनाए । ‘कोरोना पछि म अलि अस्वस्थ पनि भएको थिए । आज मेरो मुख्य उदेश्य भनेकै खेलकुद प्रति युवाहरुको जोड हुनुपर्छ भन्ने हो । अर्को मेरो स्वास्थ्यको समेत जाँच भयो म ठीक रहेछु’ उनले भने, ‘मलाई असाध्यै गौरव लागेको छ, किनभने, मैले जिवनमा दुई म्याराथन दौडिएको छु । म आफै नदौडने हो भने मेरो मनले मान्दैन ।’

१९७२ को म्युनिक ओलम्पिक छनोटको समयमा र १९७४ मा काठमाडौंमा दौडिएका थिए ।

त्यो बाहेक एभरेष्ट म्याराथन, लुम्बिनी म्याराथन, अन्नपूर्ण म्याराथन समेत दौडिएका छन् । युवाहरुका लागि प्रेरणा रहेको र ७५ वर्षको मान्छेले दुरी कटाउँदै गर्दा युवा उमेरकाले दौडिएमा खेलाडी उत्पादन हुने उनको भनाई छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबाट राष्ट्रिय झण्डा ग्रहण गर्दै रानाभाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close