पोखरा स्पोर्टस । खेलकुद र समाजिक क्षेत्रमा सक्रिय संस्था बगर भाइ खलक पोखराले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
भाइ खलकले यहि माघ २८ गते शनिबार रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो । वार्षिक कार्यक्रम अनुसार आयोजना हुने रक्तदान कार्यक्रम बगर ट्याक्सी चोकमा हुने संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिएका छन् । रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा हुने रक्तदानमा सहभागिताका लागि अध्यक्ष गुरुङले आह्वान समेत गरेका छन् ।
गत वर्ष ७८ युनिट रक्त संकलन गरेको संस्थाले यो वर्ष अझै व्यापक रुपमा रक्त संकलन अभियानलाई अघि बढाउने अध्यक्ष गुरुङको भनाई छ ।
बगर भाइ खलकले वार्षिक रुपमा भेट्रान ४० वर्ष माथी उमेर समुहको फुटबल प्रतियोगिता समेत गर्दै आएको छ भने ग्रास रुट लेभलको फुटबल प्रशिक्षणलाई समेत अघि बढाएको छ ।
