ब्राइटनमाथि एभर्टनको शानदार जित

पोखरा स्पोर्ट्स । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले ब्राइटनलाई पराजित गरेको छ ।

आइतबार राति सम्पन्न खेलमा एभर्टनले ब्राइटनलाई २-० गोल अन्तरले पराजित गरेका हुन् ।

एभर्टनको जितमा लिमान एनडिये र जेम्स गार्नरले एक एक गोल गरेका थिए । एभर्टनका लागि दुवै गोल ज्याक ग्रीलिशले असिस्ट गरेका थिए ।

यस सिजनमा पहिलो खेल हारेको एभर्टनले दोस्रो खेलमा जित हासिल गरेर शानदार कमब्याक गरेको छ ।

त्यस्तै पहिलो खेल बराबरी खेलेको ब्राइटनले दोस्रो खेलमा हार बेहोरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close