पोखरा नवौँ राष्ट्रिय खेलकूदको तयारी शुरु भयो : सदस्य सचिव सिलवाल

पोखरा, राष्ट्रिय खेलकूद परिषद्(राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले आगामी वर्ष फागुनमा गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी शुरु भएको बताएका छन ।

खेलकूद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले प्रतियोगिताको मिति नसर्ने र पूर्वाधार निर्माण तथा खेलकूदको तयारीका काम अघि बढाइएको उल्लेख गरे ।

राष्ट्रिय खेलकूदका लागि रु ७५ करोड देखी रु एक अर्वको हाराहारिमा बजेट आवश्यक पर्ने भएकाले सरकारसँग माग गरिएको उनको भनाई छ । ‘स्वीमिङ’ र ‘सुटिङ’ बाहेकका अन्य खेलका सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेको बताउँदै पोखरा रङ्गशालाभित्र निर्माण गरिने यी दुई खेल पूर्वाधार निर्माण प्रक्रिया समेत शुरु भएको सदस्य सचिव सिलवालले जानकारी दिए ।

सुटिङको पूर्वाधारका लागि बोलपत्र आह्वान गरिसकिएको र स्वीमिङका लागि डिजाइन तयार भइरहेको बताउँदै सचिव सिलवालले विदेशी पनि सहभागि हुने गरी २५ बाइ २५ को‘हिटिङ स्वीमिङ’ पोखरी निर्माणको योजना रहेको स्पष्ट पारे । सदस्य सचिव सिलवालले निर्माणाधीन पोखरा फुटबल रङ्गशालाको दर्शक क्षमता आगामी तीन महिनाभित्रमा २० हजार पु¥याउने गरी काम भइरहेको उल्लेख गरे ।

गत वर्ष रु एक अर्व २८ करोड लागतमा १६ हजार ५०० दर्शक क्षमताको प्यारापिट निर्माण गर्ने गरी काम भइरहेपनि यहाँका खेलकर्मीको माग अनुसार क्षमता वृद्धि गर्न लागिएको र लागत समेत रु २० करोड वृद्धि हुने जानकारी दिए ।

फुटबल रङ्गशालामा ‘स्कोर बोर्ड’ र ‘फ्लड लाइट’को व्यवस्था गर्नका लागि आगामी वर्षको बजेटमा योजना समावेश गरेर पेश गरिएका उनको भनाई छ । पछिल्लो समय नेपाली खेलकूदमा पूर्वाधार, लगानी सबै हिसावले परिर्वतन भइरहेको सिलवालले स्पष्ट पारे । कार्यक्रम मञ्चका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको थियो ।
कृष्ण दवाडी,पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close