
पोखरा स्पोर्टस । इङल्याण्डले वेस्ट इण्डिजविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरको हो ।
वेस्ट इन्डिजले दिएको १९७ रनको लक्ष्य पछाएको इङल्याण्डले १८.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाउदै १९६ रन बनाएको थियो ।
यो जितपछि इङल्याण्ड ३ खेलको सिरिजमा २-० ले अगाडी भएको छ र एक खेल अघि नै सिरिज जितेको छ ।
अब सिरिजको अन्तिम खेल मंगलबार हुने तालिका रहेको छ ।
