लेखनाथ जुनियर फुल कन्ट्याक्ट करातेमा रोशन र पल्लबीले जिते स्वर्ण

पोखरा स्पोर्टस । लेखनाथ डोजो जुनियर फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा पुरुष ५० के.जी तर्फ रोशन गुरुङले स्वर्ण हात पारेका छन् ।

लेखनाथ क्योकुशिन–कान कराते डोजोले आयोजना गरेको प्रतियोगितामा रोशनले गौरव थापालाई पराजित गर्दै स्वर्ण जितेका हुन् । त्यसै गरी सोही स्पर्धामा साजन नेपाली र शुभम थापाले कास्यमा चित्त बुझाएका छन् ।

पुरुष ४५ के.जी तर्फ सम्येक प्रधानले कृष्ण रम्तेललाई पराजित गर्दै स्वर्ण जित्दा अभिशेक पुन र सुबिन श्रेष्ठले कास्य पदक हात पारे ।

पुरुप ४० के. जी तर्फ बसन्त थापाले युकेश गुरुङलाई स्तब्ध पार्दै स्वर्ण जिते भने किस्मत परियार र आयुष सुनारले कास्यमा चित्त बुझाए ।

३५के.जी तौल समुह पुरुष तर्फ अमर थापाले प्रतिक घलेलाई पराजित गर्दै स्वर्ण जिते भने मनोज राना र सञ्जन गुरुङले कास्यमा चित्त बुझाए ।

३० केजी तौल समूहमा पुरुष तर्फ शिषिर थापा पहिलो,अगम भुजेल दोस्रो भए भने रिजश गुरुङ्ग र अनमोल गुरुङ तेस्रो भए ।

२५ केजी तौल समूहमा एन्स रोका पहिलो रायन नेपाली दोस्रो भने सुलभ बिक र कमल तामाङ तेस्रो भए ।

प्रतियोगितामा महिला तर्फको ३० के.जी तौल समुहमा साङ्छु तामाङ लाई पराजित गर्दै प्रिन्स्मा नेपालीले स्वर्ण जित्दा ज्योत्स्ना थापा र क्रिस्टिना गुरुङले कास्यमा चित्त बुझाए ।

महिला ४० के.जी तर्फ सुहाना श्रेष्ठले दिलमाँया बुढा मगर लाई हराउँदै स्वर्ण पदक हात पार्दा सुवाली श्रेष्ठ र आयुषा पन्थी तेस्रो भए ।

महिला ५० के.जी तर्फ पल्लबी नेपाली प्रथम हुँदा मन्दिपा के.सी दोस्रो भईन साथै दिप्ती थापा र खुस्बु पुन तेस्रो भए ।

उक्त कार्याक्रम नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी महिला ५५ केजी तौल समूहकी धनि रानामगर र ४० केजी तौल समूहका अभिषेक तामाङलाई स्वर्ण पदक विजेता बिजेता भएकोमा सम्मान गरिएको थियो ।

त्यस्तै ६० केजी तौल समूहका मोसेस कुमाल र ४५ केजी तौल समूहका भाग लिएका नारायण विकले कास्य पदक जितेकोमा सम्मान गरियो । प्रतियोगिताका सहभागि सरगम कुमाललाई पनि सम्मान गरियो । स्वर्ण पदक लाई २ हजार, कास्य लाई १ हजार पाँच सय र सहभागिलाई १ हजार नगद, खादा र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा पोखरा ३० का वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीले खेलकुदले अनुशासन सिकाउने र युवालाई कुलतमा फस्नबाट जोगाउने बताए । मानव जिवनमा खेलकुद अपरिहार्य रहेको उनको भनाई थियो । कार्याक्रममा डोजोका सल्लाहकार अर्जुन बहादुर बस्नेत र डोजो प्रमुख सुबास खड्का र सिनियर खेलाडी सुरेशराज अधिकारीले भनाइ राखेका थिए ।

डोजोका अध्यक्ष रमेश बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रम भएको थियो । प्रतियोगितामा ६० जना खेलाडी सहभागी रहेका थिए । प्रतियोगितामा विनोद नेगी, मदन केसी, मुना पुन, सम्राज सेन, मसोसे कुमाल, सरगम कुमाल, राजन विक, अषिम गोर्खाली निर्णयकको भुमिकामा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close