नेपाल भलिबल संघको क्यालेण्डर आयो यस्तो छ कार्यक्रम

पोखरा स्पोर्टस । नेपाल भलिबल संघको नव निर्वाचित कार्यसमिति आगामी आर्थिक वर्ष २०७९/०८० का लागि क्यालेण्डर प्रकाशित गरेको छ ।

नेपाल भलिवल संघको प्रकाशित क्यालेण्डर अनुसार नेपाल सुपर लिग (एनएसएल) आगामी २०७९ फागुनमा हुने भएको हो । त्यसै गरी नेपाली राष्ट्रिय यू २३ टिम टिम वंगालादेशको ढाकामा आगामी पुष ५ देखि १२ गते सम्म आयोजना हुने साउथ एशियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा सहभागि हुने छ ।

त्यसै गरी नेपाली महिला तथा राष्ट्रिय टोलीले पुष ११ देखि १६ गते सम्म आयोजना हुने एशियन तथा पुरुष विच भलिबल प्रतियोगितामा सहभागि हुनेछ भने सातौं एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनशिप २०७९ पुष २४ देखि माघ २ गते सम्म आयोजना हुनेछ ।

नेपाल भलिवल संघले आयोजना गर्ने अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिवल लिग २०८० बैशाखमा हुने गरी तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close