२०० मिटर दौडमा शिवराज र निशालाई स्वर्ण

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स २०० मिटर दौडमा ससस्त्र प्रहरी बल एपीएफका शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा बिहीबार पुरुषतर्फ शिवराजले निर्धारित दुरी २१.९१ सेकेन्डमापूरा गर्दै स्वर्ण जितेका हुन् । एपिएफकै आशिष चौधरीले २२.०५ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै रजत पदक जिते । त्रीभुवन आर्मी क्लबका युवराज बिकले २२.५० सेकेन्डमा पूरा गर्दै कास्य पदक जिते ।

महिलातर्फ लुम्बिनीकी निशाले २५.२४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । एपीएफकी रमिता कुमारी थारुले २५.९५ सेकेन्डमा पूरा गर्दै रजत र पुलिसकी लक्ष्मी साउदले २६.५२ सेकेन्डमा पूरा गर्दै कास्य पदक जितिन् ।

५ हजार मिटर दौडमा एपिएफका गोपीचन्द्रलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स ५ हजार मिटर दौड पुरुषमा एपिएफका गोपीचन्द्र पार्कीले जितेका छन् ।

पोखरा रंगशालाको ट्रयाकमा भएको अन्तिम दिनको खेलमा निर्धारित दुरी १४ मिनेट २९.६७ सेकेन्डमा पुरा गर्दै गोपीचन्द्रले स्वर्ण पदक जितेका हुन् ।

यसअघि १० हजार मिटर दौडमा गोपीचन्द्रले रजत पदक जितेका थिए । कर्णालीका दुर्गाबहादुर बुढाले १४ मिनेट २९.९३ सेकेन्डमा पूरा गर्दै रजत पदक जित्न सफल भए । त्रिभुवन आर्मी क्लबका मुकेश पालले निर्धारित दुरी १४ मिनेट ३६.६० सेकेन्डमा पूरा गर्दै कास्य पदक जिते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close