एसियन गेम्स : स्क्वासतर्फ दिदि–भाइ छनौटमा परे

पोखरा स्पोर्टस । आसन्न १९ औं एसियन गेम्स नेपाल स्क्वास तथा र्‍याकेट्स सघले बुधबार १९ औँ एसियाली खेलकुदका लागि ६ खेलाडी चयन गरेको छ ।

चीनको होङझावमा हुने एसियन गेम्सका लागि समान ३–३ पुरुष/महिला गरी ६ खेलाडी छनोट भएको नेपाल स्क्वास तथा र्‍याकेट्स संघले जनाएको हो ।

छनौट हुने पुरुषतर्फ अरहान्तकेशर सिंह, अमृत थापा मगर र अमिर ब्लोन तथा महिलातर्फ विपना ब्लोन, कृष्णा थापा र स्वस्थानी श्रेष्ठ छन् ।

असोज ६ गतेदेखि सुरु हुने एसियाडमा नेपालले स्क्वासतर्फ एकल र टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ ।

छनौट भएका मध्ये अमृत र कृष्णा थापा दिदी भाइ हुन् । गोरखा निवासी दुबै जना नवौं राष्ट्रिय खेलकुदमा पदकधारी खेलाडी समेत हुन् । हाल दुबै जनाले काठमाण्डौमा बसेर प्रशिक्षण समेत लिइरहेका छन् । उनीहरुका पिता हिरा बहादुर बहादुर थापा राष्ट्रिय प्रशिक्षक समेत हुन् ।

यसै गरी छनौट भएका विपना र अमिर पनि दिदी भाइ हुन् । उनीहरु बागमती प्रदेशका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close