पुरुष बास्केटबलमा आर्मी र बागमती प्रदेश सेमिफाइनलमा

पोखरा स्पोर्टस । गण्डकी प्रदेशको पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल तर्फ मगंलबार भएको लिग चरणको खेलमा आर्मी र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पोखरा रगंशालामा मगंलबार सम्पन्न ‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगिता अन्तर्गत समुह ‘ए’ तर्फको पहिलो खेलमा लुम्विनीले प्रदेश नं १ लाई ५९–५५ स्कोरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । लुम्विनीलाई जिताउन भुगोल मगरले १८ अकं जोडेका थिए ।

त्यस्तै समूह चरणको दोस्रो खेलमा नेपाल पुलिसले बागमतीले पुलिसलाई ६६–६५ को स्कोरले पराजित गरेको छ । खेल निकै प्रतिस्प्रधात्मक रहेको थियो । एक अंकको झिनो स्कोरले बागमती अन्तिम चारमा प्रवेश गर्न सफल भयो ।

समूह ए तर्फ आर्मी ८ अकंका साथ बिजेता भएको छ भने बागमतीले ७ अकं जोड्दै उपविजेता बनेको छ ।

‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगिता अन्तर्गत आज दिउसो २ बजेदेखि समुह बि तर्फ सुदुर पश्चिम प्रदेश र एपिएफ छन् भने दोस्रो खेलमा गण्डकी र कर्णाली प्रदेश भिड्दैछन् ।

अहिले ‘थ्रि अन थ्रि’ तर्फका खेलहहरु जारी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close