एन प्यावसन कास्कीले ‘१३ औं नेशनल प्यावसन कास्की खेलकुद महोत्सव’ गर्ने

पोखरा स्पोर्टस । निजी विद्यालयको छाता संस्था नेशनल प्यावसन (एन प्यावसन) कास्कीले ‘१३ औं नेशनल प्यावसन कास्की खेलकुद महोत्सव’ गर्ने भएको छ ।

पोखरा रंगशालामा मंसिर २० देखि २३ गते सम्म सञ्चालन हुने उक्त खेल महोत्सवमा कास्कीका ४६ विद्यालयका ७ हजार विद्यार्थीहरुको सहभागिता हुने एन प्यावसन कास्कीले जनाएको हो । प्रतियोगितामा छात्रतर्फ फुटबल हुनेछ भने छात्र÷छात्रातर्फ भलिबल, बास्केटवल, व्याडमिन्टन, टेवुल टेनिस र एथलेटिक्सका खेलहरु हुने अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिएका छन् ।

‘एन प्यावसन कास्कीको मान्यता–विद्यालयमा खेलकुदको अपरिहार्यता’ भन्ने मुल नाराका साथ सञ्चालन हुने प्रतियोगिताको मंसिर २० गते पोखरामा रंगशालामा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्ने छन् । कक्षा १ देखि १० कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउने उक्त प्रतियोगिता करिव २५ हजारले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

करिव २० देखि २५ लाख खर्च हुने उक्त प्रतियोगिताले भावि खेलाडी उत्पादन गर्न सहयोग पुग्ने अध्यक्ष अधिकारीले जनाएका छन् । उनले भने–“हाम्रो विद्यालयमा अध्ययन गरेका खेलाडीहरुले नवौं राष्ट्रिय खेलकुदमा पदक जितेका छन् । यो खेलकुद महोत्सव राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न ढोका हो ।” एन प्यावसन कास्कीले विगतमा एनप्यावसन आवद्य विद्यालयमा अध्ययन गरी नवौं राष्ट्रिय खेलकुद २०७९ मा पदक जित्न सफल खेलाडीहरुलाई सम्मान गर्ने जनाएको छ ।

खेल महोत्सव सम्पन्न गर्न अध्यक्ष अधिकारीको संयोजकत्वमा १९ सदस्यिय मुल आयोजक समिति गठन गरिएको छ भने विभिन्न १५ वटा उपसमिति गठन गरिएको छ ।

पत्रकार सम्मेलनमा ‘१३ औं नेशनल प्यावसन कास्की खेलकुद महोत्सव’ ट्रफी र लोगो अनावरण समेत गरिएको थियो । खेल महोत्सवको विविध पक्ष बारे एन प्यावसन कास्कीका सचिव मानकाजी गुरुङ र सह क्रियाकलाप उपसमितिका संयोजक राजु केसीले जानकारी गराएका थिए ।

खेल महोत्सव सम्पन्न गर्न प्रेमराज अधिकारीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, कमल बहादुर मल्लको संयोजकत्वमा मार्चपास उपसमिति राजु के सीको संयोजकत्वमा फुटबल उपसमिति, शिवराज पौडेलको संयोजकत्वमा टेबुलटेनिस उपसमिति, राजु कायस्थ को संयोजकत्वमा बास्केटबल उपसमिति, प्रकाशराज वाग्लेको संयोजकत्वमा भलिबल उपसमिति, अर्जुन प्रसाद अधिकारीको संयोजकत्वमा व्याडमिन्टन उपसमिति केशवशरण पौडेलको संयोजकत्वमा एथलेटिक्स उपसमिति, लिला प्रसाद पराजुलीको संयोजकत्वमा स्वास्थ्य उपचार तथा खानेपानी व्यबस्थापन उपसमिति, सञ्जय पौडेलको संयोजकत्वमा मञ्च सजावट तथा खाना व्यवस्थापन उपसमिति, हेमन्त अधिकारीको संयोजकत्वमा न्यायिक छानविन तथा निर्णायक उपसमिति शिवदत्त तिवारीको संयोजकत्वमा पुरस्कार व्यवस्थापन उपसमिति युवक लामिछानेको संयोजकत्वमा शान्ति सुरक्षा व्यबस्थापन  उपसमिति गठन गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close