
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा जारी टेबुल टेनिस प्रतियोगितामा मिक्स डबल्स ईभेन्टमा नेपाल पुलिस क्लवले स्वर्ण पदक हात पारेको छ ।
पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी प्रतियोगिताको मिक्स डबल्स ईभेन्टमा त्रिभुवन आर्मी क्लवलाई पराजित गर्दै नेपाल पुुलिस क्लवले स्वर्ण पदक हात पारेको हो ।
मिक्स डबल ईभेन्टमा त्रिभुवन आर्मी क्लवलाई ११ – ७, ५ –११, ८ –११, ११ –५,९–११ को २–३ ले पराजित गर्दै नेपाल पुलिस क्लवले स्वर्ण पदक हात पार्न सफल भएको हो ।
यसैगरी महिला डबल्सतर्फ एपीएफले नेपाल पुलिस क्लवलाई पराजित गर्दै स्वर्ण पदक पाउन सफल भएको छ । नेपाल पुलिस क्लवलाई ११ –९, ८ –११, ११ –९, ९–११, ७–११ को २–३ ले पराजित गर्दै एपीएफले स्वार्ण पदक पाउन सफल भएको हो ।
मिक्स डबल ईभेन्टतर्फ त्रिभुवन आर्मी क्लवले रजत पदक प्राप्त गरे भने एनआरएनए र गण्डकी प्रदेशले कास्य पदक हात पारेका छन् । यस्तै महिला डबल्स इभेन्ट तर्फ नेपाल पुलिस क्लवले रजत पदक हात पारको छ भने बाग्मति प्रदेश र नेपाल पुलिस क्लवले कास्य पदकमा चित्त बुझाउनु पर्यो ।
यसैबीच आईतबार नै सम्पन्न पुरुष डबल्स ईभेन्ट तर्फ नेपाल पुलिस क्लव र एपीएफ फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल सोमबार हुने जनाइएको छ ।
प्रदेश नं १ लाई ११–५, ११–६, ११–७ को ३–० ले पराजित गर्दै नेपाल पुलिस क्लवले फाईनलको बाटो तय गरेको हो भने एपीएफले त्रिभुवन आर्मी क्लवलाई ११–७, १३–११, १०–१२, ९–११,११–१७ को ३–२ ले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । पुरुष डबल्सतर्फ प्रदेश नं १ र त्रिभुवन आर्मी क्लवले कास्य पदक हात पारिसकेका छन ।
