पुरुष बास्केटबलको च्याम्पियन एपिएफ र गण्डकी

पोखरा स्पोर्टस । नवौ खेलकुद अन्तरगत पोखरामा सम्पन्न पुरुष बास्केटबलको च्याम्पियन आयोजक गण्डकी र एपिएफ बनेका छन ।

प्रतियोगिताको फाइभ अन फाइभ तर्फ बिभागिय टोली एपिएफले ८१–७९ स्कोरका साथ च्याम्पियन बन्दा थ्री अन थ्री तर्फको च्याम्पियन आयोजक गण्डकीले एपिएफलाई २१–१६ स्कोरले पराजित गर्दै स्वर्ण पदक हात पारेको हो । यता फाइभ अन फाइभ तर्फ गण्डकीले दोस्रो स्थानमै चित्त बुझाउनु परेको छ ।

निकै संघर्षपुर्ण प्रतियोगितामा दुबै बिधाको अन्तिम प्रतिस्प्रधाका लागि एपिएफ र गण्डकी मैदानमा उत्रिएका थिए । यस अघि कास्य पदककालागी भएको प्रतिस्पर्धामा आर्मीले बागमतीलाई ७८–६०स्कोर सहित पराजित गर्दै कास्य पदक हात पारेको छ ।

बिहिबार नै सम्पन्न बास्केटबल पुरुष प्रतियोगिताको थ्री अन थ्री तर्फ आयोजक प्रदेश गण्डकी च्याम्पियान बनेको छ ।

एपिएफ भने दोस्रो स्थानमै चित्त बुझाउनुपरेको छ । बिहिबार बिहान रंगशालामा सम्पन्न प्रतियोगितामा गण्डकीले बिभागीय टोली एपिएफलाई २१–१६ स्कोरले पराजित गर्दै संवरण पदक हात पारेको हो । यस अघि भएको प्रतियोगितामा बागम्ती प्रदेशले आर्मीलाई १९–१५ स्कोरले हराउदै तेस्रो स्थान हासिल गरेको छ ।

गत २८ गतेदेखि पोखरा रंगशालामा सुरुभएको प्रतितोगितामा ३ बिभागीय टोली सहित १० टिमको सहभागिता रहेको थियो भने खेललाई लिग कम नक आउटको आधारमा खेलाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close