सहारा संगको भेटमा मन्त्री मनाङेले भने–‘सहयोग गर्न तयार छु’

पोखरा स्पोर्टस । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ ‘दिपक मनाङे’ले फुटबल विकासका लागि सहारालाई सहयोग गर्न तयार रहेको बताएका छन ।

सहाराका पदाधिकारीहरु संगको भेटमा मन्त्री मनाङेले उक्त कुरा बताएका हुन । लामो समय देखि निरन्तर रुपमा फुटबल र सामाजिक क्षेत्रमा कार्य गर्दै आएको सहारा क्लव पोखराका पदाधिकारी मन्त्री मनाङले लाई बधाई दिन शुक्रबार मन्त्रालय पुगेका थिए । क्लवका अध्यक्ष केशव बहादुर थापा सहितको टोलीलाई मन्त्री मनाङेले आहा ! रारा फुटबल प्रतियोगिताका लागि समेत आफूले सहयोग गर्ने मन्त्री मनाङेले बताएका थिए ।

मन्त्री मनाङले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत सहाराले आफ्नो तयारी गरेमा मन्त्रालय सहयोग गर्न तयार रहेको बताउँदै उनले सहाराबाट उत्पादित खेलाडीहरु अव मनाङ मर्स्याङदी क्लवमा आवद्ध हुन सक्ने बताए । उनले भने–“मनाङले पोखरालाई होम ग्राउण्डका रुपमा अघि बढाई सकेको छ, सहारा बाट उत्पादित खेलाडी अब मनाङमा आवद्ध हुन सक्छन, त्यसका लागि समेत म सहयोग गर्नेछु ।”

मन्त्रीलाई बधाई दिन सहाराका पूर्व अध्यक्ष विक्रम थकाली, वरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ (सुरज) लगायत क्लवका पदाधिकारी तथा सदस्यहरु मन्त्रालय पुगेका थिए ।
तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close