
पोखरा स्पोर्टस/सुुरज श्रेष्ठ । २०२२ को सिजनमा पोखरामा भएका अधिकांश खेलहरुमा नेपाल शसस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले बाजी मारेको धेरै भएको छैन । कार्तिकमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेको एपिएफ त्यही ग्राउण्डमा आज पराजित मात्रै भएन मुख नजिकै आएको आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुग्नै दिएन संकटा ब्वाइजले ।

साविक बिजेता समेत रहेको एपिएफले पहिलो क्वाटरफाइनलमा कमजोर टिम धरान एफसीलाई जितेर सेमीफाइनलको यात्रा तय गरेको थियो । तर संकटा आज एपिएफलाई हराउने दाउमा मात्रै थिएन कुनै हालतमा उपाधि छुनै नदिने रणनितीमा थियो । आखिर खेलमा पनि त्यस्तै भइदियो । एफिएफले दिसेम्वर ३१ मा आफ्नो फेसबुक पेजमा लेखेको थियो–“सन २०२२ मा पोखरामा भएका शतप्रतिसत उपाधि हामीले नै जित्दै रेकर्ड व्रेक गरेका छौं । टुगेदर वि आर स्ट्रोङ्गर । किप सपोर्टिङ अस । हामी नेपालभरी यहि इतिहास दोर्हयाउन चाहन्छौं ।”

एपिएफको आफ्नो पेजमा लेखेको कुरा एक साता पनि नकट्दै आफूलाई नै गलपासो भयो । सबै कुरा भताभुङ्ग भयो । आखिर मैदान उही थियो । खेलाडी करिव–करिव उही थिए । भयो त के भने संकटा संग १/२ गोलले नभई ४–१ गोलको भारी अन्तरले पराजित हुँदै काठमाण्डौ फर्किनु पर्ने भयो । एपिएफको सन २०२३ मा देखेको सपना सुरुआतमा नै ब्रेक लाग्यो ।
पोखराको फुटबलमा संकटाकोे इतिहास राम्रो छैन । तर पछिल्लो समय संकटा एर्गेसिभ रुपमा अगाडी बढेको देखिन्छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा एपिएफलाई पराजित गर्दे फाइनलको यात्रा तय गरेको छ ।
संकटाले डिफेन्डिङ च्याम्पियन एपिएफलाई आज भएको खेलमा ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दे फाइनलमा पहिलो पटक सानदार इन्ट्री गरेको छ । खेलको ५ औ मिनेटमा विदेशी खेलाडी स्टेफेनले गोलको खाता खोलेका थिए । उनले एपिएफका डिफेन्डर र गोलकिपरको कोर्डिनेसन नमिल्दाकोे अवसरलाई गोलमा परिणत गरेको हो ।
खेलमा विदेशी खेलाडी स्टेफेन र मेसुकेको ब्युटीफुल कोर्डिनेसनका कारण संकटाले खेल अवधिभर एपिएफलाई अन्त्य सम्म दबाबमा राख्यो ।
खेलको २१ औ मिनेटमा एपिएफका विकु तमाङले डिबक्स भित्रबाट गरेको प्रहार कस्रबार माथिबाट बाहिरियो । एपिएफका खेलाडीहरुले कति कति बेला बनाएको मुभले डिफेन्डिङ च्याम्पियन बन्दाको झल्को दिएको थियो । पहिलो खेल भन्दा सुधारिएको खेल प्रस्तुत गरेको संकटाका मेसुकेले ४३ औ र स्टेफेनले ६१ औ मिनेटमा संकटाको लागि गोल गर्दे फाइनलको यात्रा अझ पक्का गरेको थियो ।
दोस्रो हाफमा युवराज खड्कालाई रिप्लेस गर्दे मैदान छिरेको हरि कार्कीले खेलको ७४ औ मिनेटमा गोल गर्दा डिफेन्डिङ च्याम्पियन एपिएफले जित्ने ढुकढुकी बढ्यो । दर्शक दिर्घालाई पनि नतिजा उल्टउछ कि भन्ने लाग्यो । तर संकटाका फुल फर्ममा भएको खेलाडीको अगाडी उनीहरुले गोल संख्या दोहोरो गर्न सकेन ।
खेलको ८६ औ मिनेटमा डिफेन्सलाइन बाट अर्का विदेशी खेलाडी एन्द्रे थिएरी बिएकले प्रहार गरेको बललाई स्टेफेनले फस्ट टचमा गरेको वल्ड क्लास ब्युटीफुल सट गोलमा परिणत भएको थियो ।
यस अघि एपिएफले धरान फुटबल क्लबलाई पराजित गर्दे सेमिफाइनलमा प्रवेश टिम हो भने संकटा विभागिय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबलाई पराजित गर्दे सेमिफाइन प्रवेश गरेको टिम हो । आजको हार संगै एपिएफ २२ औ आहा रारा पोखरा गोल्डकपबाट बाहिरिएको छ । संकटा बिहिबारको खेलको विजेजा टीम संग पुस २३ गते शनिबार फाइनलमा भिडने छ ।
‘हाम्रो बल पोजेसिन र एट्याकिङ राम्रो भयो । जसको कारण नतिजा हाम्रो पक्षमा पर्यो ।’ संकटाका प्रशिक्षक सल्यान खड्कीले भने । ‘फस्ट गोल सिल्ली मिस्टेकले खानु नै हाम्रो दुर्भाग्य भयो ।’ संकटाका विदेशी खेलाडी नेपालमा आएका विदेशी खेलाडीहरुमा बेस्ट भएका कारण पनि उनीहरुको जित भयो । एपिएफका प्रशिक्षक रत्न काजी मर्हजनले बताए ।
आजको खेलमा म्यान अफ दि म्याच संकटाका स्टेफेन बिनोङ घोषित भए ।
तस्बिरः योगेन श्रेष्ठ/पोखरा स्पोर्टस
