वाई वाई यू–१९ क्रिकेट छनोटमा कास्कीको सहज जित (फोटो फिचर)

पोखरा स्पोर्टस/तस्विरः योगेन्द्र श्रेष्ठ । पोखरामा सोमबारबाट सुरु भएको गण्डकी प्रदेशस्तरीय वाई वाई कप यू–१९ क्रिकेट छनौटमा कास्कीले सहज जित हात पारेको छ । पोखरा रंगशालामा सम्पन्न उद्घाटन खेलमा कास्की पर्वत विरुद्धको खेलमा ८ विकेटले जित हासिल गरेको हो ।

टस जितेर पारीको सुरुवात गरेको पवर्त २८.५ ओभरमा सबै विकेट गुमाउँदै ६८ रन मात्रै बनाउन सक्यो । यता जवाफी व्याटिङ गरेको कास्कीले १२.५ ओभरमा २ विकेटको क्षतीमा ६९ रन बनाउँदै जित दर्ता गरेको छ ।

पर्वतका लागि किरण पौडेलले सर्वाधिक ७० बलमा सर्वाधिक २९ रन बनाउँदा ओपनर व्याट्रद्वय सन्देश खड्का र अभिराज पटेलले समान ११ रनको योगदान दिए । तर अरु व्याट्म्यानहरुले दोहोरो अंक जोड्न सकेनन् । पर्वतका ५ जना खेलाडी खाता समेत नखोली पेभिलियन फर्किएका थिए । कास्कीका लागि नितेश गिरीले घातक बलिङ गर्दै ९ ओभरमा ६ मेडन राख्दै १० रन खर्चिदै ३ विकेट हात पार्दा विमोचन सापकोटाले ७ ओभरमा २७ रन दिएर समान ३ विकेट लिए । त्यस्तै सिविन श्रेष्ठले २ र सत्कार चालिसेले १ विकेट हात पारे ।

यता कास्कीले आफ्नो लक्ष्य पछ्याउँदा शक्ति कुंवरले ३३ बलमा नटआउट रहँदै २३ रन जोडे भने सिव्रिन श्रेष्ठले ७ रन बनाए । रोहित चन्दले ११ रन बनाउँदा सरोज खत्रीको बलमा क्याच आउट हुँदा सफल श्रेष्ठ ७ रनको व्यक्तिगत पारीमा सुनिल क्षेत्रीले पेभिलियन फर्काए ।

भोली (मंगलबार)को खेल पर्वत र तनहुँका बिच हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close