नेपाल ट्रायथलन संघका अध्यक्ष श्रेष्ठ साटाको अध्यक्षमा निर्वाचित

पोखरा, ४ असार । नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ दक्षिण एसियन ट्रायथलन एसोसियसन (साटा) को अध्यक्षमा निर्वाचित भएका छन् ।

दक्षिण कोरियाको गेञ्जाउमा बुधबार बसेको एसोसियसनको साधारणसभाले श्रेष्ठलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो । साधारणसभाले श्रेष्ठलाई ४ वर्षे नयाँ कार्यकालको लागि अध्यक्ष चयन गरेको हो ।

नेपाल ओलम्पिक कमिटिका सदस्य समेत रहेका श्रेष्ठ यसअघि पनि एसोसियसनको अध्यक्ष रहेका थिए ।

यस्तै एसोसियसनको उपाध्यक्षमा माल्दिभ्सका माहिद शरिफ,महासचिवमा भारतका राकेश गुप्ता, कोषाध्यक्षमा बंगलादेशका महमुदुल करिम र सदस्यमा श्रीलंकाका साम विक्रामसिंघे चुनिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close