दशैं बिदामा समेत एकनासले प्रशिक्षणमा व्यस्त गण्डकीका आर्चरी खेलाडीहरु

बाउ छोरी नै खेल्दै नवौं राष्ट्रिय खेलकुद

पोखरा स्पोर्टस । दशैंले देशनै ढपक्क छोपी सकेको छ । घर–घरमा खुसियाली र उमङ्ग उस्तै छ । आर्शिबाद थाप्न र परिवारमा एकैसाथ रमाइलो गरी दशैं मनाउन गाउँ/घर फर्किने चटारो पनि उत्तिकै छ । तर यि सबै कुराका बाबजुद गण्डकी प्रदेशका आर्चरी खेलाडीहरु आफ्नै धुनमा व्यस्त छन् ।

गण्डकी प्रदेशका राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने नवौं राष्ट्रिय खेलकुद औपचारिक रुपमा उद्घाटन हुन १० दिन मात्रै बाँकी छ । कसलाई मन छैन होला र ? वर्षभरीमा एक पटक रमाइलो गरी चाड मनाउन । तर गण्डकीका आर्चरी खेलाडीहरु आफ्नो शिप तिर्खान र प्रदेशलाई स्वर्ण पदक दिलाउन व्यस्त छन् । बजार र सडक सुनसान छ । तर पोखरा रंगशालाको आर्चरी खेल मैदानमा भो ‘बो’ (धनुष) र एरोको झंकारको एक तमासको आवाजले गुल्जार छ ।

बाउ छोरी नै खेल्दै नवौं राष्ट्रिय खेलकुद

खेलकुदका ठूला आयोजना वा प्रतिष्पर्धामा एकै परिवारका खेलाडीहरु खेल्नु वा सहभागि हुनु अनौठो मानिन्छ । तर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा आर्चरी तर्फ बाउ छोरी नै सहभागि छन् । ति हुन योगेन्द्र शेरचन र उनकी छोरी अनुष्का । योगेन्द्र ५० वर्षमा टेके भने छोरी अनुष्का १६ वर्षमा । ११ कक्षामा अध्ययनरत अनुष्काले १२ वर्षको उमेरबाट आर्चरी खेल्न सुरु गरेकी हुन् । आठौं राष्ट्रिय खेलकुदमा अनुष्काले टिम इभेण्ट स्टाण्डर्ड क्याटोगरी  स्वर्ण पदक जितेकी थिइन् । यो पटक दुवैको लक्ष्य स्वर्ण रहेको उनीहरु बताउँछन् ।

खेलाडी शान्त छन् । उनीहरुका आखाँ एकटकले निशाना मा छ । १७ गते बाट औपचारिक दशैं बिदा भए पनि उनीहरुको समय प्रशिक्षणमा नै वितेको छ । कुनै बेला परम्पारगत खेलमा लिइने यो खेल यति बेला आधुनिक खेलमा जोडिएको मात्रै छैन आर्चरी खेल सबैको उत्तिकै प्रिय पनि बनेको छ । असोज २७ देखि कार्तिक २ गते सम्म हुने आर्चरीमा रिकवतर्फ ५, कम्पाउण्डतर्फ ५ र स्टाण्डर्ड क्याटोगरीतर्फ गरी १५ स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुने छ । राष्ट्रिय खेलको इतिहासमा आर्चरी खेलको पहिलो पटक पदक तालिकामा समावेश भएको हो । यस अघि आर्चरी प्रदर्शनी खेलको रुपमा रहँदै आएको थियो ।

गण्डकीको पुरुष टिमबाट असिम शेरचन, गंगा बहादुर कुवंर, लुद्र बहादुर राना, देउ बहादुर रोका, योगेन्द्र शेरचन, खेम बहादुर पौडेल क्षेत्री, जागृत गुरुङ्ग, राजु पुन, खड्ग बहादुर घर्ती मगर, दुर्गा घर्ती मगर, युवराज राना र कृष्ण भण्डारीले प्रतिष्पर्धा गर्दैछन् । त्यसै गरी महिलाबाट विष्णु माया लिम्बु, रश्मी दर्लामी, केशरी आले मगर, रोजीना थापा मगर, मोनीका राना, सर्मिला गुरुङ्ग, सोलिना गुरुङ्ग र अनुष्का शेरचनले गण्डकीबाट आफ्नो प्रतिष्पर्धा गर्दैछन् ।

बिहान र साँझ गरी दैनिक ६ घन्टाको प्रशिक्षण किशोेर कुमार गुरुङ र करुण बरालले खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् भने व्यवस्थापकको जिम्मेवारी गोविन्द ज्वारचनले सम्हालेका छन् । “हामी ति बेला दैनिक प्रशिक्षणमा व्यस्त छौं”, नवौंमा सहभागी मध्येका एक खेलाडी योगेन्द्र शेरचन भन्छन–“यति बेला औपचारिक विदा भएकोले हामीले भत्ता पाउँदैनौं तर हामी गण्डकी प्रदेशका लागि पदक जित्नु पर्छ भनेर नै आफ्नो पुरै समय प्रशिक्षणमा दिएका छौं ।” शेरचन १३ औं दक्षिण एशियाली खेलकुद (साग)का कास्य पदक विजेता खेलाडी समेत हुन् । उनले गण्डकीले कम्तिमा पनि ८ वटा स्वर्ण पदक जित्ने दावी समेत गरे ।

बाउछोरी खेल्दै नवौं राष्ट्रिय खेलकुद
खेलकुदका ठूला आयोजना वा प्रतिष्पर्धामा एकै परिवारका खेलाडीहरु खेल्नु वा सहभागि हुनु अनौठो मानिन्छ । तर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा आर्चरी तर्फ बाउ छोरी नै सहभागि छन् । ति हुन योगेन्द्र शेरचन र उनकी छोरी अनुष्का । योगेन्द्र ५० वर्षमा टेके भने छोरी अनुष्का १६ वर्षमा । ११ कक्षामा अध्ययनरत अनुष्काले १२ वर्षको उमेरबाट आर्चरी खेल्न सुरु गरेकी हुन् । आठौं राष्ट्रिय खेलकुदमा अनुष्काले टिम इभेण्ट स्टाण्डर्ड क्याटोगरी  स्वर्ण पदक जितेकी थिइन् । यो पटक दुवैको लक्ष्य स्वर्ण रहेको उनीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close