महिला भलिबलमा गण्डकी आर्मीलाई हराउँदै सेमिफाइनलमा, पुरुष टिम पनि अन्तिम चारमा

पोखरा, ८ बैशाख । आठौं राष्ट्रिय खेलकुदमा महिला भलिबलमा दाबेदार मानिएको नेपाल आर्मीको त्रिभुबन क्लबलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।

समुह ‘बी’ मा रहेको गण्डकी प्रदेशले नेपाल आर्मीमाथि १३–२५,१७–२५,२५–२३, २५–२१ र १६–१४ को संघर्षपूर्ण जित निकाल्दै उपबिजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो । सोझो सेटमा हराउदै एक खेल अगावै सेमिफाइनल प्रबेश गरेको हो ।

गण्डकी प्रदेश महिला भलिबल टोली लामो समय पछि आफ्नो शाखमा फर्किएको सफल रहेको पश्चिमाञ्चल क्षेत्रिय अध्यक्ष एवम आठौं सेफ दि मिसनका सम्पन्न श्रेष्ठले बताए । कुनै बेला गण्डकी महिला भलिबलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको भएपनि एक दशक देखि यता कुनै पनि खेलमा उत्कृष्ट हुन सकेको थिएन ।

आइतबार भएको महिला भलीबलको खेलमा सफलता हात पार्दै एपीएफ र प्रदेश नम्बर ३ सेमिफाइनलमा प्रबेश गरेका छन् । सेमिफाइनल प्रबेश गर्ने क्रममा एपीएफले सुदुर पश्चिम प्रदेशलाई २५–८,२५–१३,२५–१० को सोझो सेटमा हराउदै एक खेल अगावै सेमिफाइनल स्थान सुरक्षित गरेको हो । प्रदेश तीनले पनि कर्णाली प्रदेशलाई २५–४,२५–१२,२५–१८ को सोझो सेटमा हराउदै एक खेल अगावै सेमिफाइनल प्रबेश गरेको हो ।

पुरुष तर्फ पनि नेपाल पुलिस क्लब, र गण्डकी प्रदेश सेमिफाइनल प्रबेश गरेका छन । नेपाल आर्मी क्लब भने एक दिन अघि नै सेमिफाइनल प्रबेश गरेको थियो । आइतबार भएको खेलमा पुलिसले प्रदेश १ लाई २५–१३,२५–२०,१७–२५ र २७–२५ ले हराउदै समुह विजेता भएको छ । समुह ‘क’ को खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई २५–१७,२५–१४,२५–२१ ले हराउदै चार खेलबाट नौ अंक जोडे पछि सेमिफाइनल प्रबेश गरेको हो ।

तीन खेलबाट नौ अंक जोडेको आर्मीले एक खेल अगावी सेमिफाइनल प्रबेश गरे पनि समुह विजेताको टुंगो सोमबार लाग्ने छ । आइतबार नै भएको पुरुष तर्फको खेलमा प्रदेश तीनले प्रदेश दुइलाई २५–१७,२५–२१,२५–१४ को सोझो सेटमा हराए पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close