
पोखरा, ८ बैशाख । नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला स्पाईरिङमा सुष्मिता थापा मगरले स्वर्ण पदक जितेकी छन ।
आज सम्पन्न खेलमा ४६–५० केजी तौल सुमहको फाइनलमा प्रदेश नं ३ की निलिमा सुनारलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन । गण्डकी प्रदेश बाट प्रतिनिधत्व गर्ने सुष्मिता बागलुङकी हुन ।
यो जित संगै गण्डकी प्रदेशको स्वर्ण शंख्या ७ पुगेको छ भने पदक तालिकामा गण्डकी पाँचौ स्थानमा उभिएको छ ।
यसै गरि सोनी खड्काले स्पाईरिङमा स्वर्ण जितेकी छिन् । आईतवार भएको ४०–४५ केजी तौल समूहमा प्रदेश ३ की सोनीले आर्मीकी निष्मा बस्याललाई फाईनलमा हराएकी थिईन् । सोही तौल समूहमा आर्मीकी अप्सना तामाङ र सुदूरपश्चिम प्रदेशकी पुजा शाही शंयुक्त रुपमा काँस्य पदक जिते ।
पुरुष ४६–५० को स्पाईरिङमा प्रदेश ५ का सुमन मस्यार्दी मगरले स्वर्ण, प्रदेश १ का बिशेष राईले रजत तथा प्रदेश ६ रवि सुनुवार र आर्मीका पूर्ण वहादुर मगर कास्य जिते । पुरुष ५१–५५ को स्पाईरिङमा प्रदेश ३ का अनिल तामाङले स्वर्ण,एपीएफका योगेन्द्र धिमालले रजत र गण्डकी प्रदेशका सागर शम्सेर कुवँर र प्रदेश ५ रोशन आलेले कास्य जिते ।
महिला दोश्रो डान कालो पेटिको महिला प्याट्रनमा आर्मीकी निस्मा बस्यालले स्वर्ण तथा प्रदेश नम्बर तीनकी स्वेता राइले रजत पदक जिते । त्यस्तै महिला टिम प्याट्रनमा आर्मीले स्वर्ण तथा गण्डकी प्रदेशले रजत पदक जिते । स्वर्ण विजेता आर्मी टोलीमा तुलसा राजथला, रुविका खड्का,रिना धिमाल,कल्पना राइ र हिमा खड्का समाबेश थिए ।
महिला ५१–५६ केजी तौल समुहमा गण्डकीकी गोमा थारुले काश्य पदक हात पारेकी छन ।
पुरुष टिम प्याट्रनमा आर्मीले स्वर्ण तथा एपीएफले रजत पदक जिते । स्वर्ण विजेता आर्मीको टोलीमा भिम बहादुर तामाङ,लिलाधर बस्नेत, प्रेम बहादुर मगर, पूर्ण बहादुर र भिम बहादुर तामाङ समाबेश थिए ।
