राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल आइतबारबाट

पोखरा स्पोर्टस । नखिपोट युथ क्लबले साउन २९ गतेबाट पहिलो पटक राष्ट्रिय खुला पुरुष तथा महिला रनिङ्ग कप बास्केटबल प्रतियोगिता गर्ने भएको छ ।

ललितपुरको नखिपोटमा शुक्रबार पत्रकार सम्मेलन गर्दै क्लबले साउन २९ गतेबाट प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला रनिङ्ग कप बास्केटबल प्रतियोगिता गर्ने बारेमा जानकारी गराएको हो ।

क्लबले लिग कम नकआउट फर्म्याण्टमा हुने प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ८ वटा टोलीको सहभागिता रहने जनाएको छ ।

प्रतियोगिता अन्तर्गत पुरष र महिला दुबै विधाको विजताले नगद ५० हजार पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार र तेश्रो हुनेले १५ हजार पुरस्कार हात पार्नेछ ।

प्रतियोगिताको फाइनल खेल भदौ ४ गते हुनेछ । प्रतियोगिताका सबै खेल नखिपोट युवा क्लबको कभर्डहलमा खेलाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close